Thursday, June 17, 2021
Home > समाचार > ‘भाइरल भिडियो’लाई लिएर युवतीहरु महानगरिय अपराध महाशाखामा (भिडियो सहित)

‘भाइरल भिडियो’लाई लिएर युवतीहरु महानगरिय अपराध महाशाखामा (भिडियो सहित)

केहि दिन अघि समाजिक संजालमा भाइरल भएको भिडियोलाइ लिएर किशोरी तथा युवतीहरु महानगरिय अपराध महाशाखामा गएका छन् ।

सामाजिक संजालमा रहेको सिस्टरहुड समूहका किशोरी तथा युवतीहरुले महानगरिय अपराध महाशाखामा गएर उजुरी दर्ता गराएका हुन् । सिस्टरहुड समूह स्वस्फुर्त रूपले एकजुट भएर अगाडी आएका छन् । सिस्टरहुड समूहकी एक युवतीले यस्ता घटनाहरूमा चुप लागेर बस्ने हो भने सार्वजनिक जीवनयापन गर्न नै समस्या हुने बताइन् ।

महानगरिय अपराध महाशाखा, टेकुमा कोही कलेजबाट व्याग बोकेर आएका थिए । कोही युवतीहरू भने कार्यालयबाटै आएका थिए । मिडियामा धेरै बोल्दा अनुसन्धानमा समेत अफ्ठ्यारो पर्ने हुँदा यसबारेमा नसोध्न महानगरिय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले आग्रह गरेका थिए ।

केहि दिन यता समाजिक संजालमा सार्वजनिक यातायातमा एक पुरूषले युवतीको कपालमा विर्य स्खलन गरेको भिडियो भाइरल बनेको छ । भिडियो भाइरल भएपछि यसकाबारे उजुरी दर्ता गरिएको हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!