Tuesday, July 13, 2021
Home > प्रवास > कतारमा अलपत्र ८३ जना महिलालाई खाद्यान्न तथा आर्थिक सहयोग

कतारमा अलपत्र ८३ जना महिलालाई खाद्यान्न तथा आर्थिक सहयोग

टेक राज थापा

कतार । युनाइटे क्लिनिंग कम्पनीमा कार्यरत बिभिन्न देशका ८३ जना महिला पुरुषहरुलाई नेपाली मुस्लिम समाजले खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ। युनाइटे क्लिनिंग कम्पनीमा कार्यरत कामदार बिगत ४ महिना देखी तलबभत्ता मात्रै नभई खानबाट पनि बञ्चित हुँदै आएा थिए।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार, नेपाली राजदूतावस, राष्ट्रिय मानव अधिकारको प्रयासमा रेड क्रेसेन्ट कतार, राष्ट्रिय मानव अधिकार समिति क़तारका विभाग अध्यक्ष समेत रहेका मोहम्मद मुक्तदा मुसलमानको विशेष पहलमा पीडितको कम्पिनीमा गई आज पीडितलाई खाध्यान्न खर्च स्वरुप प्रति व्यक्ति ३०० कतारी रियलको दरले फुड भौचर हस्तान्तरण गरेको हो।

उक्त कम्पनीमा विभिन्न मुलुका महिला पुरुष कार्यरत छन् भने पहिलो चरणमा महिलाहरुलाई राहत हस्तान्तरण गरिएको छ। जस मध्य ८३ जना महिला मध्ये ३४ नेपाली १५ केन्या १२ फिलिपिन्स, ९ श्रीलंका, २ युगान्डा र १ भेयातानामी थिए।

हस्तानतरण कार्यक्रमा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मियाँ अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज संयोजक रमजान अलि मियाँ अख्तर हुसैन, सोहेल अख्तेर अन्सारी, अर्षद खान हमित खान सहभागी थिए।

कम्पनीमा कार्यरत ६०० पुरुष कामदारहरुलाई भने यहि आउदो आइतबार वा सोमबार दोस्रो चरणमा राहत वितरण गरिने छ।

अति आवस्यक परेकालाई मेडिकल तथा क्याम्पेन ब्यबस्थापन गर्ने जस मध्य नेपाली कामदारहरु स्वदेश फर्कन चाहेको खण्डमा हवाई टिकटको ब्यवस्था गर्ने घर सम्म पुग्ने गरि गाडिभाडाको ब्यबस्था गर्ने अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान बताए छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!