Wednesday, June 16, 2021
Home > अन्तराष्ट्रिय > सुन्दै अचम्म लाग्ने यस्तो फार्म, जहाँ युवतीहरूबाट बच्चा जन्माईन्छ!

सुन्दै अचम्म लाग्ने यस्तो फार्म, जहाँ युवतीहरूबाट बच्चा जन्माईन्छ!

जनावरको फार्मबारे सुन्दै आएका हामीलाई मानिसको पनि फार्म हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अफ्रिकी मुलुक नाइजेरियामा एउटा यस्तो फार्म छ, जहाँ युवतीहरूबाट बच्चा जन्माउने काम मात्रै हुन्छ । अस्पताल तथा अनाथालयमा यस्ता फार्म सञ्चालन गर्ने गरिन्छ । फार्ममा बालिका, किशोरी तथा युवतीलाई राखिन्छ र उनीहरूलाई बच्चा जन्माउन लगाइन्छ ।

बालिका र किशोरीलाई ललाइफकाई र यसरी नमानेमा जबर्जस्तीसमेत राख्ने गरिन्छ । जन्मिएका बच्चालाई बिक्री गरेर मुनाफा आर्जन गर्ने हेतुले यस्तो फार्म खोलिएको हो ।

नाइजेरिया र अन्य मुलुकका सन्तानविहीन मानिसले फार्ममा आएर बच्चा रोजेर खरिद गर्छन्, धर्मसन्तानका रूपमा पाल्न । यस्तो फार्ममा बच्चा जन्माउने काम १४ वर्षदेखि १७ वर्षसम्मका बालिका तथा किशोरीले गर्ने गर्छन् । कतिपय अवस्थामा उनीहरूलाई जबर्जस्ती गर्भवती बनाइन्छ ।

‘गर्भवती भइसकेपछि उनीहरूले चाहेर पनि गर्भपतन गराउन सक्दैनन् । नाइजेरियाको कानुनमा यो उमेरसमूहका किशोरी तथा बालिकाले गर्भपतन गराउन पाउँदैनन्,’ समाचारमा भनिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!