Tuesday, January 18, 2022
Home > समाचार > त्रिपुरेश्वरमा नयाँ ग्यास खानि फेला, पानि निकाल्दा बल्यो आगो – भिडियो सहित हेरेर सक्दो शेयर गरौ

त्रिपुरेश्वरमा नयाँ ग्यास खानि फेला, पानि निकाल्दा बल्यो आगो – भिडियो सहित हेरेर सक्दो शेयर गरौ

काठमाडौं – त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय प्राङ्गणमा बोरिङबाट पानी निकाल्दा पानीसँगै ग्यास निस्केको छ ।भन्सार विभागले नयाँ भवन निर्माण गरिरहेको छ । नयाँ भवन निर्माणका क्रमका लागि आवश्यक पानी बोरिङबाट निकाल्दा पानीसँगै ग्यास निस्केको हो ।

भन्सार विभागसँगै रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्दिरा अधिकारीले बोरिङका क्रममा ग्यासको गन्ध आउँदा त्यहाँ उपस्थित व्यक्तिले आगो बालेको जानकारी दिइन् ।‘बोरिङ गरेर शुरूमा निस्केको फोहोर पानी फाल्ने क्रममा ग्यासको गन्ध आयो,’ उनले लोकान्तरसँग भनिन्, ‘त्यहाँ भएका व्यक्तिहरूले यहाँ त धेरै ग्यास छ कि के हो भनेर आगो लगाउँदा मज्जाले आगो बल्यो ।’

उनले आफू त्यहीँ रहँदा करीब १५ मिनेटसम्म निरन्तर आगो बलेको र त्यसपछि पनि बल्ने क्रममै रहेको बताइन् । ‘आगो बलेको देख्दा म त्यहाँ १० देखि १५ मिनेटसम्म बसेँ,’ उनले भनिन्, ‘त्यतिञ्जेलसम्म बलिरहेको थियो । म आएँ अहिले थाहा छैन बलिरहेको पनि हुनसक्छ ।’

यसअघि करीब दुई वर्षअघि त्रिपुरेश्वरसँगै जोडिएको टेकुमा पनि जमिनबाट ग्यास निस्केको थियो । त्यस्तै ललितपुरको इमाडोल लगायतका क्षेत्रमा जमिनमुनि ग्यास रहेको पुष्टि भइसकेको छ ।

हेर्नुहोस्, भिडियो :

Leave a Reply

error: Please Dont Copy My Content!! !!