Tuesday, June 15, 2021
Home > समाचार > दुबै हात र खुट्टा गुमाएका बुद्धिमान सहयोगको अपेक्षामा (भिडियोसहित)

दुबै हात र खुट्टा गुमाएका बुद्धिमान सहयोगको अपेक्षामा (भिडियोसहित)


बाँके। बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ कर्लिमाक्रा बुद्धिमान कुवंर भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर आएका छन् । गरिवीका कारण सधै भारतमा कमाउन जाने बुद्धिमानको घरपरिवार पनि भारतबाटै कमाईले धान्दै आएको थियो । सानो परिवार भएपनि बुद्धिमानकै कमाईमा घरपरिवार चल्दै आएको थियो । कलिलो उमेरका बुद्धिमान पढ्न पाएनन् ।

उनको कमाई नै भारतमा आवतजावत हुन थाल्यो । ३÷४ पटक मात्रा आवतजावत भयो त्यतिमै उनको घरपरिवारको सपना सवै सचकनाचुर भएर आयो । भारतकै सिमलामा लेवरी काम गर्दै आएका बुद्धिमान करिव ११ बजेतिर सरिया बोकेर ३ तलामाथि जादै थिए । हरेक दिन त्यसै गरि बोक्दै आएका बुद्धिमान एक दिन उनले बोकेको सरिया विद्युतको तारमा छोएर बुद्धिमानलाई करेन्ट लाग्यो ।

करेन्ट लागेपछि बुद्धिमान ढले र बेहोस भए । ३÷४ दिन होस नै आएन भारत जस्तो ठाउँमा सहयोेग गर्ने कोही पाएनन बुद्धिमान अकस्मात अस्पतालमा भर्ना भएको थाहा पाए । अस्पतालले पनि एक पछि अर्को अस्पतालमा पठाउदै आयो आफुसंग पैसा नभएको कारण राम्ररी उपचार हुने सम्भव पनि भएन । भारतकै धेरै अस्पतालमा लगियो । घरमा पनि खवर पुग्यो र घरमा भएभरको पैसा र जग्गा मेरो उपचारमा लगाईयो बुद्धिमानले भने । जीवन सधैँ सोचजस्तो नहुने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । कहिले र कहाँ के घटना घट्छ भन्ने कुरा थाहा हुँदैन ।

भनिन्छ भविष्य कसैले देखेको हुँदैन । यस्तै भयो बुद्धिमानलाई घरमा थोरै पैसा हुने वित्तिकै पठाउने बुद्धिमान अहिले उनको उपचारमै सकिएको छ । घरमा भएको ८ कठ्ठा ऐलानी जमिन पनि उपचारमा खर्च भयो । उपचारकै लागि ६० हजार रुपैयामै जग्गा विक्री गरे । बुद्धिमानको पैसा नभएको कारण भारतमै उपचारकै क्रममा विना सुई जिउदो चिरेपछि म कराँए उनले भने डाक्टरले झन उल्टै गाली ग¥यो । चुपचाप लागे र मेरो शरिरको हात खुट्टा दुवै चिरेर हेरेपछि काम नलाग्ने र फाल्न पर्ने डाक्टरले सल्लाह थियो । डाक्टर कै सल्लाह बमोजिम दुवै हात र एउटा खुट्टा काटे ।

अर्को खुट्टा काम नलाग्ने छ उनले भने टेक्न पनि सक्दैन । २०७४ चैत्र मसान्त तिर भएको घटना घरमालिकले एक रुपैया उपचारमा खर्च गरेन । करिव ८ लाख रुपैया लागिसक्यो । गाउँको मालिकसंग ५÷६ लाख ऋण छ कसरी तिर्ने चिन्ता थपिएको छ उनले भने । आफ्नो ज्यान त कसरी पाल्ने हो झन ऋण थुपरिएको छ । मेरो चिन्ता भन्दा पनि परिवारको चिन्ता धेरै रहेको उनले भने । यस्तो अवस्थामा पनि श्रीमति मलाई छोडेर जान्छ कि भन्ने धेरै चिन्ता छ बुद्धिमानले भने । हातखुट्टा भएको बेला परिवार पाल्न सहज थियो र पाल्दै आएको पनि थिए उनले भक्कानीएर रुदै भने । भक्कानीदा उनले आशु पुछ्न समेत नसक्ने भएपछि आँशु तप्प तप्प भुईमा खस्छ र आफ्नो पिडा सुनाउदै जान्छन ।

घरपरिवार पाल्दै आएका बुद्धिमानका बुवा भारतमै कमाउनुहुन्छ, आमा, श्रीमति, छोरा र बहिनी घरमै बस्छन् । यस्तो अवस्था नहुदा सम्म भाईसंगै थियो यो हालत देखेर भाई पनि छुटिटएर बस्न थाल्यो । भाग खोस्दिन्छन कि भनेर भाई पनि मबाट अलग्गीर बस्न थाल्यो उनले रुदै भने । आमा, श्रीमति, र बहिनी घरमा छन् ।

बहिनी पनि दाईको स्थिति देखेर पढ्न जान्न भन्छ उनले आशु पुच्दै भने । यस्तो अवस्थामा बाँच्नु भन्दा त मलाई उतै नदिमा फाले हुन्थ्यो परिवारलाई समस्या त हुन्थेन उनले भने । यस्तो अवस्थामा छु कि दिशा पिसाव गर्न समेत बोकेर लग्नु पर्ने भएको हुनाले घरपरिवारलाई सम्झन्छु र मर्न मन लाग्छ उनले भने । छोराले पाल्ने समयमा आमाले पाल्नुपर्ने स्थिति आएको छ उनका आमा विमु कुमारी पुरीले भने । राम्ररी घरपरिवार चलाउदै आएको छोरा भारतबाटै हातखुट्टा कटेको देखेपछि भक्कानीए रोएको झलझली सम्झना छ उनले भने । त्यसदिन देखि लगातार आँखाबाट आशु बग्ने गरेकेो छ बिमुले भने । २०७४ मंसिरमा भारत कमाउन गएको उनका श्रीमति पवि कुवरले भने ।

४ महिना पछि नराम्रो खवर सुने र छागाबाट खसे जस्तो भए । भारतमा उपचारका लागि पुग्न नसकेपछि भाईलाई हेर्न पठाए उनले भने । अचेल कमाउन सक्नुहुन्न छोराको धेरै चिन्ता लाग्छ । यस्तो हालत भएको ५÷६ महिना भैसक्यो घरको अवस्था नाजुक छ । २ कठ्ठा जग्गामा रहेको घरवास पनि लिलाम जाने जस्तो भैसक्यो उनले रुदै भने । बारम्बार घरपरिवारलाई सम्झन्छु सहयोगको अपेक्षा रहेको छ बुद्धिमानले भने । बुद्धिमान अरु नभए पनि मलाई दिशा पिसाव आवतजावत गर्न सक्ने सम्मको बनाई दिएको भए खुसी हुने थिए उनले भने ।

बुद्धिमानका लागि अहिलेसम्म काठमाण्डौंको टिमले २६ हजार १ सय ५० रुपैया र बैजनाथ गाउँपालिकाबाट १० हजार सहयोग प्राप्त भएको छ बुद्धिमानका आमा विमुले भने । बुद्धिमान २३ बर्षका छन् उनको श्रीमति र ४ बर्षिय छोरा छन् । उनलाई अझै उपचारको लागि पैसाको आवश्यक्ता रहेको छ । बुद्धिमानलाई सहयोग गर्नको लागि ९८५८०३२१८२ र ९८२२४१५५२७ मा सम्पर्क गर्न सकिने उनको परिवारले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!