Friday, May 14, 2021
Home > समाचार > हिमालमा पुगि बिकिनीमा तस्बिर खिचाउने युवती बरफ झैं जमेर मृत्यु

हिमालमा पुगि बिकिनीमा तस्बिर खिचाउने युवती बरफ झैं जमेर मृत्यु

काठमाडौं। कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु । सामाजिक सञ्जालमा समेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चिएत थिईन् । किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकिनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो । ३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् ।

जुन बेला उनी लडेर घाईते भईन् । एउटा खोल्सामा खसेकी उनलाई निकै चोट पनि लाग्यो । उनी खोल्सामा अड्किएपछि निक्लिन सकिनन् । त्यसपछि उनले साथीहरुलाई सेटलाइट फोनमार्फत आफुलाई मद्धत चाहिएको बताएकी थिईन् । लगत्तै उनको उद्धारको लागि हेलिकप्टर पनि पठाईयो तर मौसममा खराबी आएपछि हेलिकप्टर ल्याण्ड हुन सकेन फलस्वरुप २ डिग्री सेल्सियसको तापक्रममा उनी बरफ झै जमिन् ।

अन्तत उनको मृत्यु भयो । गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यसअघि पनि यात्राकै क्रममा धेरै पटक घाईते भएकी गिगी चाहिने उपकरण र सावधानीमा सधै सजग रहन्थिन् तर मानो पुगेपछि जुनसुकै सावधानी पनि कमजोर बनिदिन्छ ।

सुरुमा साथीहरुसंग कुनै बिषयमा बाजी थापेकी गिगीले हारेपछि हिमालमा गएर बिकिनीमा फोटो सुट गर्नुे पर्ने सर्त अनुसार उनले काम गरिन् तर पछि उनले यसलाई हबी नै बनाएकी थिईन् । जसको कारण आज उनको मृत्यु पनि भयो।

Leave a Reply