Tuesday, May 18, 2021
Home > समाचार > २५ पटक सल्यक्रिया गरिसके पनि अवस्था उस्तै, जसको हात र खुट्टामा उम्रन्छ रुख – हेर्नुहोस तस्विर

२५ पटक सल्यक्रिया गरिसके पनि अवस्था उस्तै, जसको हात र खुट्टामा उम्रन्छ रुख – हेर्नुहोस तस्विर

ढाका- बंगलादेशमा ‘ट्रि म्यान’ अर्थात ‘वृक्ष पुरुष’ को नामले चिनिने अब्दुल बाजन्दरको अवस्था फेरी बिग्रेको छ । उनको हात–खुट्टामो छालामा फेरी रुख जस्तो संरचना उम्रन थालेको छ ।

२०१६ देखि यता उनको २५ पटक सल्यक्रिया गरिसकिएको छ । यसका बावजुन डाक्टरले यो रोग ठिक गर्नका लागि फेरी सल्यक्रिया गर्न आवश्यक भएको बताएका छन् । बाजन्दरलाई एपिडरमोडयास्प्लासिया बेरुसीफोर्मिस नामको रोग लागेको छ। यो रोगलाई ट्रि म्यान सिन्ड्रोम पनि भनिन्छ ।

आफ्नो हात खुट्टाको नयाँ ठाउँमा पनि रुख जस्तो संरचना बढ्दै गएको बाजन्दरले बताए । डाक्टरले आफ्नो यो बिमारी बिलकुल ठिक गरिदिने बाजन्दरले आपूmलाई लागेको बताए। बाजन्दर उपचारको समयमा अस्पतालबाट भागेका थिए । जसका कारण उनको उपचार पूर्ण हुन सकेको थिएन । एजेन्सी

Leave a Reply