Monday, May 10, 2021
Home > समाज > सप्तरीमा दोहरो भिडन्त, प्रहरी कारवाहीमा ढले मस्ट वान्टेड डन… हेर्नुहाेस

सप्तरीमा दोहरो भिडन्त, प्रहरी कारवाहीमा ढले मस्ट वान्टेड डन… हेर्नुहाेस

जनकपुरधाम- सप्तरीमा दोहरो भीडन्तमा एकजना मारिएका छन् । सप्तरीको रुपनी नजिक गस्तीमा रहेको प्रहरी टोलीसँगको भिडन्तमा सप्तरी जिल्ला घर भएका दिपेन्द्र जयसवाल भनिने दिपेन्द्र चौधरीको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र सप्तरी प्रहरीको संयुक्त टोलीसँगको मुठभेडमा जयसवालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बुधबार बिहान प्रहरीको गस्ती टोलीमाथि फायरिङ गरेपछि जबाफी कारबाहीमा जयसबालको मृत्यु भएको जनाएका छन् ।

दुईजनाको समूहमा मोटरसाइल चढेर आएका उनीहरु मध्ये पछाडी बसेका जयसवालले प्रहरीलाई लक्षित गरी गोली फायर गरेपछि प्रहरीले जबाफी फायरिङ गरेको पालले बताए । दुई गोली लागेका जयसवालको घटनास्थलमै मृत्यु भएको छ भने उनीसँगै रहेका अर्का व्यक्ति फरार भएको उनले जानकारी दिए ।

एक साताअघि सप्तरीमा प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहारको घटनामासमेत जयसवालको संलग्ना रहेको डीआईजी पालले बताएका छन् । यसैगरी २०७२ सालमा असई रमेश सुब्बाको हत्यामासमेत उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । एम्बुस थपेर जयसवालले उक्त घटना घटाएको प्रहरीको दाबी छ ।

प्रगतिशील तराई मुक्ति मोर्चा नाम गरेको भूमिगत समूह सञ्चालन गरेर जयसवाल हत्या हिंसा, चन्दा असुलीजस्ता आपराधिक घटनाहरुमा समेत संलग्न रहेको डीआईजी पालले जानकारी दिए ।

Leave a Reply