Monday, May 10, 2021
Home > समाचार > झापाकै यी इमान्दार अटो रिक्सा चालक, यात्रुले छाडेकाे ५ लाख यसरी फिर्ता गरे… सम्मान स्वरूप शेयर गराैं

झापाकै यी इमान्दार अटो रिक्सा चालक, यात्रुले छाडेकाे ५ लाख यसरी फिर्ता गरे… सम्मान स्वरूप शेयर गराैं

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बनेका छन् ।

इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा  मंगलबार सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँडेका थिए।

ढुङ्गेलले इलाका प्रहरी कार्यालय अनारमनीमार्फत सो नगद सुन्दासलाई आज फिर्ता दिएको झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply