Thursday, June 17, 2021
Home > समाचार > प्रहरीलाइ नै गोली हान्ने मस्ट वान्टेड गुण्डा दिपेन्द्र सिराहमा यसरी ढालिए…

प्रहरीलाइ नै गोली हान्ने मस्ट वान्टेड गुण्डा दिपेन्द्र सिराहमा यसरी ढालिए…

सप्तरी । प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ। घटना हो सप्तरीको । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले फायरिङ खोलेपछि प्रहरीको जवाफी कारवाहीमा उनी मारिएका हुन् ।

२ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालका अनुसार ‘गस्तीमा रहेका प्रहरी माथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी फायरमा उनको मृत्यु भएको हो। चौधरीको घटनास्थलमै मृत्यु भएको बताइउको छ ।

चौधरीको टाँउकोमा गोली लागेको थियो । प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गतसाता गोली प्रहार गरी घाइते बनाउृने ब्यक्ति पनि स्वय चौधरी नै थिए । मोटरसाइकलमा आएको उनको समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए ।

सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भए लगत्तै प्रहरीले चौधरीको समु्हलाई खोजी रहेका बेला उनी इन्काउन्टरमा मारिउका हुन् । चौधरीको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ । यसअघि उनले २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!