Friday, May 14, 2021
Home > समाचार > मध्यराति पुर्वी भोजपुर क्षेत्रमा गयो भूकम्प : यस्तो छ ताजा असर

मध्यराति पुर्वी भोजपुर क्षेत्रमा गयो भूकम्प : यस्तो छ ताजा असर

काठमाडौँ । पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ। मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा पनि महसुस भएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

रातको समयमा भूकम्प गएपछि भोजपुरसहितका पहाडी क्षेत्रका बासिन्दा त्रसित भएर बाहिर निस्केका थिए। आन बिहान पनि काठमाडौँको थापाथलीलाई केन्द्रबिन्दु बनाएर गोरखा भूकम्पको परकम्प गएको थियो।

Leave a Reply