Monday, May 10, 2021
Home > मनोरञ्जन > नेपाल आइडलकी भाइरल र्यापर करिश्मा बिस्टको यस्तो बबाल र्‍याप र डान्स (हेर्नुहोस भिडियो)

नेपाल आइडलकी भाइरल र्यापर करिश्मा बिस्टको यस्तो बबाल र्‍याप र डान्स (हेर्नुहोस भिडियो)


काठमाडौँ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता नेपाल आइडलको दोस्रो संस्करणबाट केही प्रतियोगीले छोटो समयमा नै आफ्नो छाप छोड्न सफल भए र लाखौँ फ्यान कमाए।ती मध्ये एक हुन् धनगढी अडिसनबाट नेपाल आइडलमा छनोट भएकी १७ वर्षे किशोरी करिश्मा विष्ट। अडिसनमा विष्टले यस्तो र्‍याप गाइन् की सबै जजहरू चकित परे ।

उनले आफ्नो जीवन र युवापुस्ताको विषयमा र्‍याप बनाएर स्टेजमा प्रस्तुत गरेका थिए जुन सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। उनी नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिए पनि छोटो समयमा आफूलाई चिनाउन सफल भइन्।

केही समय अगाडि अत्तरियाकी बिस्टको पहिलो रेकर्डेड गीत ुइको नि लाग्यो।।।ु नेपाल आइडलको युट्युबबाट सार्वजनिक भएको थियो। उनले हालै गुल्मीमा आयोजना गरिएको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिइन्। उनले कार्यक्रममा गीत मात्र गाइनन् आफ्नो नृत्यले सबैलाई मनोरञ्जन दिइन्। हेर्नुस् उनको प्रस्तुति नेपाल अपडेटको युट्युब च्यानलमा।

Leave a Reply