Monday, May 10, 2021
Home > समाचार > भर्खरै निर्मला हत्या प्रकरण बारे बम दिदि बहिनिको आयो सबैलाई चकित बनाउने खबर

भर्खरै निर्मला हत्या प्रकरण बारे बम दिदि बहिनिको आयो सबैलाई चकित बनाउने खबर

काठमाडौं। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान इरहेको बताएका छन् ।

‘यो प्रकरणमा हाम्रो संगठनले मेहनत र ईमानदारपूर्वक अनुसन्धान गरिरहेको छ । यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो’, मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने, ‘हामीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौं ।’

 

साक्षात्कारमा बोल्दै प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे । ‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घट्नालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यैपनि पनि सहँदैन’, सुवेदीले अगाडि भने, ‘त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।’

यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर हल्लाको भरमा बोल्न नहुने उनको धारणा छ । उनले थपे,‘कतैबाट कसैलाई बचाउने अथवा कसैलाई फसाउने नियतले त यो आएको होइन ?’

‘अब अनुशन्धान, जुन दिन हुन्छ, त्यही दिन सार्वजनिक गर्छौं । हामीलाई त यति हतार छ की तथ्य आउँदा साथ हामी सार्वजनिक गरेर त्यो दिन हामी पनि लामो सास फेर्नुपर्ने अवस्था छ’, दोषी पत्ता लगाउनेबारे पत्रकारले सोधेको एक प्रश्नमा उनले भने ।

प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुरा आएका छन् नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरु र केही हामीले कन्सल्ट गर्दाखेरि उहाँहरुले त्यस्तो कुरा होईन भन्नुहुन्छ । यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियस छ । डिएनए टेष्ट भनेको नेपालको लागि कमन–प्राक्टिस होइन । जुन कुरा कमन हुन्छ, त्यसमा धेरै कुरामा अगाडि बढिसकेको हुन्छ । कतिपय कुराहरु सिक्नु पर्ने हुन्छ ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका रोशनी र बबिता बम दिदिबहिनीहरु निर्दोष रहेको पनि स्पष्ट पारे । उनले भने,‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन । मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआइदिएको भए हुन्थ्योजस्तो लाग्छ । नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दा निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन् । यो कुरा मैले भन्नैपर्छ ।’

प्रवक्ता सुवेदीले भूमिगत सशस्त्र समूहको नाममा हिजोको अवस्थामा हुने गरेका हत्या, हिंसा, बम विस्फोटन, जबरजस्ती चन्दा संकलन, अपहरणजस्ता घट्नाहरु प्रहरीको सक्रियताले अहिले न्यूनीकरण भएर लगभग जिरोको अवस्थामा रहेको दाबी गरे ।

 

 

Leave a Reply