Friday, May 14, 2021
Home > समाचार > प्रहरीले फेला पारेको ४ किलो सुन राजस्वमा तामा बनेर पुग्यो !

प्रहरीले फेला पारेको ४ किलो सुन राजस्वमा तामा बनेर पुग्यो !

१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्रउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो।प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो।प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ।

तर, राजश्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।तर, इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताउँछन्।

बरामद भएको सुन नै नक्कली हुनसक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुग्दा साटिएको हुन सक्ने दुबै सम्भावना छन्।विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन्। ‘हामी त छक्कै पर्यौं,’ उनले भने।

Leave a Reply