Tuesday, May 18, 2021
Home > समाचार > कृष्ण वलिको हात, खुट्टा जोड्न १ करोड सहयोग उठाई दिएपछि शिशिर भण्डारी पोखरा पुगे (भिडियो सहित)

कृष्ण वलिको हात, खुट्टा जोड्न १ करोड सहयोग उठाई दिएपछि शिशिर भण्डारी पोखरा पुगे (भिडियो सहित)

काठमाडौं- पछिल्लो समय कलाकार तथा पत्रकार शिशिर भण्डारी निकै नै चर्चामा छन् । रेडियोमा कार्यक्रम संचालन गरेर मिडिया क्षेत्रमा प्रवेश गरेका शिशिर रुकुमका कृष्ण वलिको हात र खुट्टा जोड्ने अभियानमा सफल भएपछि उनको चर्चा झनै चुलिएको हो । रेडियो र टिभीमा रमाईला कार्यक्रम चलाएर चर्चा पाएका शिशिर यतिबेला निरन्तर गरिब, दुखीहरुको कथा देखाईरहेका छन् अनि व्यथा बुझिरहेका छन् ।

शिशिरले नै आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट प्रसारण गरेको कृष्ण वलिको भिडियो हेरेर अहिलसम्म देश तथा बिदेशबाट १ करोड ाराहारी कृष्णका लागि सहयोग आईसकेको छ । अमेरिकामा कृष्णकै लागि भनेर ७५ लाख उठाउने अभियान सफल भएको छ । यसरी, यसअघि पनि बिभिन्न सामाजिक काम गरेका शिशिर भण्डारी आफु केवल एकका लागि मात्रै सहयोग जुटाउन नलागेको बताउँछन् ।

करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्णको हात, खुट्टै जोडिने पक्का भएपछि शिशिर भण्डारी पोखरा पुगे । उनले त्यहाँ दिर्घ परियारलाई भेटे । मन्दिर छेऊमा माग्न बस्ने दिर्घ जन्मजातै अपांग हुने । उनलाई जन्माएपछि बाबु आमाले छोरो हैन भन्दै अस्विकार गरे र मामाले हुर्काए । शिशिरले यसरी दिर्घको उद्धार गर्दैछन् ! भिडियो हेर्नुस

Leave a Reply