Monday, May 10, 2021
Home > Uncategorized > OMG! ​बच्चा नजन्माएको भन्दै जिउँदै चितामा राखेर जलाउन खोजेपछि….

OMG! ​बच्चा नजन्माएको भन्दै जिउँदै चितामा राखेर जलाउन खोजेपछि….

काठमाडौं । भारतको बिहारमा एक महिलालाई बच्चा नजन्माएको भन्दै जिउँदै जलाउने प्रयास गरिएको छ । बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो ।

स्थानीय एक व्यक्तिको सूचनाका आधारमा ठिक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख गरेको छ । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी दिदीमाथि कुटपीट हुँदै आइरहेको थियो ।

कुटपीटपछि महिला बेहोस भएकी थिइन् । त्यसपछि उनलाई चितामा राखेर जलाउने प्रयास गरिएको थियो ।

Leave a Reply