Friday, May 14, 2021
Home > समाचार > तातो तेलले घाइते बालिका सिम्रन बारे आयो ठुलो खुसीको खबर – कृपया सबैले हेरेर शेयर गर्नुहोला

तातो तेलले घाइते बालिका सिम्रन बारे आयो ठुलो खुसीको खबर – कृपया सबैले हेरेर शेयर गर्नुहोला

कालिका माघ, ७ । तातो तेलमा परि घाईते भएकी गैडाकोट ३ ढोडेनीकी २२ महिने बालिका सिम्रन पौडेलको उपचार चितवन मेडिकल कलेजले गरिदिने भएको छ ।आर्थिक अवस्था कमजोर भएपछि पौडेलको औषधि बाहेक अन्य उपचारमा लाग्ने खर्च अस्पताल आफैले गर्ने चितवन मेडिकल कलेजले जानकारी दिएको छ । तीन लाख खर्च भई सकेको र उपचारको लागि पौसा अभाव भएको चितवनका सञ्चार माध्यममा समाचार आएपछि अस्पतालको गम्भिर ध्यानाकर्षण भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

माघ एक गते देखि उपचाररत पौडेललको स्वास्थ्यमा क्रमिक सुधार भएको बताईएको छ । गैडाकोट २ मा ठेला व्यवसाय गर्दै आएका कृष्ण पौडेल र विष्णु पौडेलकी छोरी सिम्रनको तातो तेलले अनुहारको पुरै भाग, दुवै हात र छाती जलेको छ । ग्राहकलाई मःमः दिने बेला छोरीले ग्यासको पाइप तान्दा बालिकाको शरीरमा तेल पोखिन पुगेको थियो ।

यसैविच उपचारका लागि कालिका हेल्पलाईनमा जम्मा भएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । कालिका हेल्पलाइनमा संकलित १ लाख ३० हजार ७ सय ८८ रुपैयाँ बालिकाकी बुबा कृष्ण पौडेल र आमा विष्णु पौडेललाई हस्तान्तरण गरिएको हो । सो रकम घाईते नाबालिको औषधि उपचारमा खर्च गरिने गरि सहयोग रकम दिईएको कालिका एफ.एमएका स्टेसन म्यानेजर ओप्रकाश आचार्यले जानकारी दिनुभयो ।

सहयोग रकम ग्रहण गर्दै उपचाररत बालिकाका बाबुआमाले कालिकाले अभियान थालेपछि सहयोगको क्रम बृद्धि भएको भन्दै आभार ब्यक्त गर्नुभयो । सहययोगको थालनि गरेर सम्पूर्णलाई कालिकाले मार्ग्निर्देश गरेको भन्दै उहाँहरुले दाताहरुलाई धन्यवाद समेत दिनुभयो ।

Leave a Reply