Friday, May 14, 2021
Home > समाचार > प्रहरीले यसरी समात्यो ओखलढुंगाका खुंखार मानव तस्कर लामालाई, यस्तो छ कहानी

प्रहरीले यसरी समात्यो ओखलढुंगाका खुंखार मानव तस्कर लामालाई, यस्तो छ कहानी

काठमाडौ माघ ७ । नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ । दिल्लीको वजिराबाद बस्ने ओखलढुङगाका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो।

प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम्फालेका थिए। प्रहरीले नदीमै हाम्फालेर उनलाई पक्राउ गरेको हो। दिल्ली प्रहरीले नेपाली राहदानीबाहक लामालाइ पक्राउ गर्नेका लागि एक लाख भारतीय रूपैयाँ पुरस्कार घोषणा समेत गरेको थियो।

ुबौद्ध गुम्बामा प्रार्थना गरेर फर्किरहेको सूचना पाएपछि प्रहरीले चारैतिरबाट घेरा हालेको थियो। प्रहरीले आत्मसपर्मण गर्न आह्वान गर्यो तर उनी यमुना नदीमा हाम्फालेर भाग्न खोजे। तीन प्रहरीले नदीमै हाम्फालेर उनलाई पक्राउ गरेका छन्ु, विशेष सेलका डिसिपी सञ्जीवकुमार यादवले भने।

दलालमार्फत नेपाली युवती भारत पुर्याउने र उनीहरूलाई भारतका विभिन्न सहरहरुबाट खाडी र अफ्रिका पठाउने कार्यमा लामा संलग्न थिए। लामाको गिरफ्तारीले मानव तस्करीको एउटा ठूलो गिरोहको पर्दाफास हुने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार लामा ८ साउन २०७५ मा उद्दार गरिएका १६ नेपाली युवतीले पहिचान गरेका आरोपी हुन्। यो घटनापछि भारतीय प्रहरीले लामाको खोजी थालेको थियो। यही साउनमा दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको थियो।

आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा गएको टोलीले ८ साउन २०७५ को मध्यराती उद्दार गरेको थियो। मुनिरका क्षेत्रको एउटा घरमा थुनेर राखिएका ती नेपाली युवतीहरूलाई अवैध बाटो भएर कुवेत र इराक पठाउने तयारी भइरहेको थियो।

मुनिरका स्थित भाडाको घर लामाको नाममा रहेको खुलेपछि भारतीय सुरक्षा निकाय खोजी त्यहीँ केन्द्रित गरेको थियो। अध्यक्ष स्वातीले त्यसबेला यसअघिसमेत मानव तस्करहरूले सात युवतीलाई दिल्ली हुँदै बाहिर पठाएको बताएकी थिइन्।

Leave a Reply