Wednesday, May 12, 2021
Home > समाचार > दुःखद खबरः त्रिशूली नदीमा ट्रक खस्दा चालक बेपत्ता

दुःखद खबरः त्रिशूली नदीमा ट्रक खस्दा चालक बेपत्ता

चितवन । चितवनबाट नुवाकोट जाँदै गरेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।

आइतबार राति ना ३ ख १८३ नंको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ का २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीमा पौडेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।

बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply