Friday, June 18, 2021
Home > अपराध > शंका लागेर भारत जादै गरेको जीप चेक गर्दा प्रहरीनै चकित

शंका लागेर भारत जादै गरेको जीप चेक गर्दा प्रहरीनै चकित

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ स्थित सीमावर्ती क्षेत्र बाट सशस्त्र प्रहरीले स्याउ सहित पिकअप भ्यान बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वमा खटिएको टोलिले २ लाख १७ हजार ८ सय मुल्य बराबरको स्याउ सहित को १ ज २२०८ नम्बरको पिकअप भ्यान बरामद गरेको जनाएको छ ।शनिबार राती १० बजेको समयमा अवैध रूपमा भन्सार छलेर भारत तर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले जानकारी पाएकाे थियो ।

भाण्टावारी बाट खटिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलिले दशगजा स्थित सिमा स्तम्भ नम्बर २०६ बाट पिकअप भ्यान गाडीमा लोड गरि भारत तर्फ लैजादै गरेको अवस्थामा स्याउ बरामद गरेको थियो ।

बरामद गरिएको स्याउ र गाडीको जम्मा २० लाख १७ हजार ८ सय मुल्यांकन गरी आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको बिओपी भाण्टावरीले जनाएको छ । ५ महिनाको अवधिमा सशस्त्र प्रहरी बल भाण्टावारीले भन्सार छलेको ७० लाख बढीको सरसामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!