Tuesday, May 18, 2021
Home > समाज > अहो यो कस्तो दुःखद खबरः चिन्नै नसकिने अवस्थामा भेटियो एक किशोरकाे शव!

अहो यो कस्तो दुःखद खबरः चिन्नै नसकिने अवस्थामा भेटियो एक किशोरकाे शव!

ओखलढुंगा । ओखलढुंगामा एक किशोरको शव फेला परेको छ । लिखु र चम्पादेवी गाउँपालिकाको सिमानास्थित घ्याङ्ले खोलामा आइतबार बिहान क्षतविक्षत अवस्थामा किशोरको शव फेला परेको हो । लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर र चम्पादेवी गाउँपालिका वडा नं. १० रानीवनको सिमानामा पर्ने घ्याङ्ले खोलामा पर्ने सडक खण्डबाट करिब १ सय मिटर तल किशोरको शव फेला परेको बताइएको छ ।

स्थानीयवासीहरूले अनुसार शव करिब १५–१६ वर्षको उमेर देखिने किशोरको टाउको टुक्राटुक्रा पारिएको देखिएको छ । टाउकोमा चोटैचोट भएको कारण शवको पहिचान गर्न नसकिएको उनीहरुको भनाइ छ ।

बाटो हिँड्नेहरुले शव देखेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई खबर गरिएको छ । घटनास्थलमा प्रहरी टोली पुगेपछि घटनाको बारेमा थप जानकारी आउने र अहिलेसम्म घटनाको बारेमा केही पनि भन्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

Leave a Reply