Thursday, June 17, 2021
Home > भिडियो > सानी छोरीलाइ दैबको बज्रपात : बाबुको अनुहार समेत नदेखेकी १३ वर्षिय सविना आज आमाको किरिया गर्दै (भिडियो सहित हेर्नुहोस्)

सानी छोरीलाइ दैबको बज्रपात : बाबुको अनुहार समेत नदेखेकी १३ वर्षिय सविना आज आमाको किरिया गर्दै (भिडियो सहित हेर्नुहोस्)

खगेन्द्र घिमिरे झापा । बाबुको माया थाहा नपाउदै हराएपछि आमाको काखामा हुर्किएकी झापा मेचीनगरकी एक बालिका मार्थि अर्को बज्रपात आइपरेको छ । मेचीनगर ११ की सविना मेचे बाच्चा हुँदा बिदेश गएका उनका बाबु हाल सम्म घर फर्किएनन् । अहिले आएर उनकी आमाले पनि संसार छोडेकी छिन् । आमाको माया, ममतामा हुर्कदै गरेकी १३ वर्षीय सविनाको जीवनमा अव एक्लो बनेको छ । उनको आमालाई पनि दैवले चुढेर लगेको छ ।

उनि टुहुरो बनिन् । खोला नजिकै अरुकै जग्गामा बस्दै आएका मेचे परिवार परेको यो दुख खटना पछि बालिका आफै आमाको काजकिरीया गर्न बसेकि छिन् ।

लामो समय मुटुरोगबाट ग्रसित बनेकी सविनाकी आमा शर्मीला मेचेको बिहिवार मत्यु भए हो । शर्मिला खोलामा गिटीचालेर घर चलाउर्दै आएकी थिइन् । आमाको मृत्यु पछि उनले आँखा भरि आँसु पार्दै भनिन् ‘बुवालाईे देख्न पाइन,सानैमा छोड्नु भएको हो रे , आमाले पनि छोडेर जानुभयो, अब एक्लै कसरी बाच्ने होला ।’

उनिले थपिन ‘आमाको रेखदेखका लागि भनेर पढ्न छोडे,अव म एक्लै कसरी बाच्नु होला ,अरुले हेप्छन भन्ने डर छ ,आर्थिक रुपमा समेत कमजोर रहेको थिए । उनले आफ्नो भविष्य बनाईदिन सबैलाई आग्रह समेत गरिन् ।

मेचे समुदायमा नेपालमा महिला काजकिरियामा बसेको यो पहिलो पटक भएको सोहि वार्डका वार्ड अध्यक्ष सन्तोष मेचेले बताए । परिवारमा अन्य सदस्य नभएकाले उनले आमाको काम गरेको अध्यक्ष मेचेले बताए ।

यी बालिकालाइ सहयोग गर्न चाहनुहुन्छ भने तपाइले सिधै खगेन्द्र घिमिरेलाइ उनको मोबाइल नम्बरमा 9852662382 सम्पर्क गर्नुहोस ।

भिडियो हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!