Wednesday, May 12, 2021
Home > समाचार > सत्य-स्वरुप आचार्यले कृष्ण-रुपाको जीवनसँग मिल्ने गीत गाउँदा दुवै भावुक। यति धेरै पैसा बुझाए (भिडियो)

सत्य-स्वरुप आचार्यले कृष्ण-रुपाको जीवनसँग मिल्ने गीत गाउँदा दुवै भावुक। यति धेरै पैसा बुझाए (भिडियो)

काठमाडौं-(शिशिर भण्डारी) कृष्ण वलिको जीवनमा जे बित्यो, हाम्रै भिडियोबाट सत्य स्वरुप आचार्य दाईहरुले थाहा पाउनु भएछ । कृष्णको पिडा र रुपाको त्याग र मायाको कथाले भक्कानो फुटेर उक्त भिडियो पुरा हेर्ने सक्नु भएनछ । कृष्ण र रुपालाई घरमै पुगेर भेट्दा दाईहरुले १ लाख भन्दा माथिको सहयोग रकम पनि बुझाउनु भयो । दाईहरु मार्फत सहयोग पठाउने नेपाली भाषी भुटानी दाजु भाईहरुलाई धेरै धेरै धन्यवाद ।

सत्य स्वरुप दाईले २०४६ सालमा आफ्नो बुवा भजन शिरोमणि भक्तराज आचार्यको क्यान्सरका कारण जिब्रै काट्नु परेको समय पनि सम्झनु भयो । सत्य दाईले हजार सपनाहरुको गीत गाउँदा, स्वरुप दाईले बल गरेर त्यो मन यता गाउँदा रुपा र कृष्ण भावुक बने । सत्य र स्वरुप दाई दुवैले कृष्णको साहस र रुपाको महानताको कदर गर्दै सम्मान दिए ।

कृष्णले पहिले पहिले आफु बिहानै स्वरुप दाइ गरेको गीत सुन्ने गरेको सम्झना सुनाए । स्वरुपराज आचर्यले रुपालाई कृष्णको श्रीमती मात्र नभै आमाको रुपमा वर्णन गरे । रुपाले कृष्णको जीवनमा त्यो भुमिका निर्वाह गरेको स्वरुपले बताए । शिशिर र स्वरुपले कृष्णलाई हहसाउन कमेडी पनि गरे -भिडियो हेर्नुस

Leave a Reply