Wednesday, December 8, 2021
Home > समाचार > बाम सरकार,सक्छस् भने देशैभरी बिना सिन्डीकेट आफैं साझा यातायात चलाएर देखा

बाम सरकार,सक्छस् भने देशैभरी बिना सिन्डीकेट आफैं साझा यातायात चलाएर देखा

लेखिका : ज्वाला संग्रौला

निजि सवारी साधनमा मात्र सिन्डिकेट तोडेर जुँगामा ताऊ लाएर पुग्दैन बाम सरकार,सक्छस् भने देशैभरी बिना सिन्डीकेट आफैं साझा यातायात चलाएर देखा,सिन्डीकेटधारी यातायात ब्याबसायीहरुले कर तिरेका छन् कि छैनन् , त्यस्को fair हिसाबकिताब राख र एउटा मात्र होईन सबै क्षेत्रका, बिशेष गरी राजनीतिको बुढो खास्टोभित्र अनुहार लुकाएर बसेका ‘ओठे राष्ट्रवादी ‘खेलाडीहरुको political syndicate का सबै गेमहरु तुरन्त बन्द गर।यातायात रोके सेनाले गाडी कुदाँउँछ भनेर अर्को “हिट डाईलग “ पनि यति सस्तोगरी नहान बादल महोदय, सेनाको काम गाडी चलाउने हो भने ड्राईभरका हातमा बन्दुक र आङमा बर्दी थमाईदेऊ..।

अहिले नै हुकुमी आदेश र सैनिक परिचालनको नारा भजाएर जनतालाई किन तर्साउँछौ?शान्तिपूर्ण वार्ताबाटै समाधान गर्न सकिने सामान्य बिषयलाई सेनाको बन्दुकसम्म ठेलेर पुर्याउनु unseen military ruling हो कि होईन माननीय ज्यु ? खै कहाँ छ देशमा लोकतन्त्र ? कि गृहमन्त्री बनेपछि दादागिरी देखाएको हो? झट्ट सुन्दा लोकप्रिय लाग्ने कुराहरु गहिरिएर हेरौं त कति घातक छन्???

ज्वाला संग्रौला

देशमा असन्तुष्ट पक्षहरु धेरै छन्, तिनीहरुको कुरा सरकारले सुन्नु पर्छ । देशमा बलात्कारी , भ्रष्टाचारी ,लुटतन्त्रका मसिहा, गुण्डाराज र कालो धनका हाकिमहरुलाई आफैं पालेर पानीमाथीको ओभानो बन्न अब कुनै बादलहरुलाई छुट छैन।सबलाई बराबरी कारबाही गर,। अस्ति भर्खर चेलाबेटी बेचेको आधारमा ३७ बर्ष जेलको सजाय सुनाइएका सुनबहादुर आज नायक बनेर खुल्ला साँडे झैं हिड्दा तिम्रो अदालत के हेर्दै छ?

यति छिट्टै छानबीन गरेर निर्दोष छ भन्न हिम्मत गर्ने न्यायालयले उता टिचिङ अस्पतालमा न्यायको लागि अनसन बसेका लोग्नेको कुहिएको शरीर बर्षौंदेखि रुँघेर बसेकी बुढी आमाको मुद्दा किन आजसम्म pending राखेको राख्यै छ? छ यस्को जबाफ सरकारसँग??त्यसैले ख़ाली जनताको नजरमा हिरो बन्नकै लागि उत्ताउला भाषण र फर्जी टुईटबाट नागरिकका आँखामा छारोमात्र नहाल..! काम पनि गर।

हिलोमा नाच्दै गरेका साना माछा त हातले समातेर भाँडोमा हाल्दै छौ, तर आफ्नै दरबारको एक्वारियममा हुर्किएका लोभलाग्दा खाईलाग्दा ठूलामाछालाई दानापानी दिन छोडेर कहिले सिलमा उन्छौ हँ?? मलाई सोध्न मन लागेको यति हो। फेरि मलाई Anti- government नसम्झनु होला..!

जुन देशमा भारी बहुमतको सरकार हुन्छ, त्यहाँ प्रतिपक्ष कमजोर हुन्छ र opposition कमजोर भए सरकारले absolute power exercise गर्छ, जुन देशको लागि खतरनाक हुन्छ। यो बेला आम राष्ट्रभक्त नागरिकहरुले प्रतिपक्षमा बसेर सरकारको राम्रो कामलाई ताली र नराम्रो कामलाई गाली गर्न सक्ने जुनुन बोक्नु पर्छ। मैलेमात्र होईन सबै ज़िम्मेवार नागरिकले गर्नुपर्ने यहि हो, कसैको जुठो नचाटी, कसैको झोले नबनी,,! जयदेश..! 🇳🇵

Leave a Reply

error: Please Dont Copy My Content!! !!