Monday, May 10, 2021
Home > समाचार > देश राणाले बिगारे भनेर स्कूलमा पढेको थिएँ, अब चाहि अदालत राणाले सुधारे भनेर पढ्न पाइएला जस्तो छ

देश राणाले बिगारे भनेर स्कूलमा पढेको थिएँ, अब चाहि अदालत राणाले सुधारे भनेर पढ्न पाइएला जस्तो छ

काठमाडौँ- न्यायालय सुधारको लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले चलेको कदमलाई सबैले समर्थन गरिरहेका छन्। न्यायालय निष्पक्ष बनाउनको लागि भन्दै राणाले सूक्ष्म निगरानी एवम् अनुगमन संयन्त्रनै तयार परेका थिए।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा राणाले गठन गरेको संयन्त्रले तयार परेको प्रतिवेदनको आधारमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच जना न्यायाधीशलाई जिम्मेवारीमुक्त समेत गरेका हुन्।

सुन तस्करी मुद्दाको सुनुवाइसँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्र लाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषद्मा तानिएको हो।

निगरानी संयन्त्रले उच्च अदालतका मुख्य न्यायाधीश, अन्य न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी एवं सेवाग्राहीसँग बुझ्दा शंकास्पद देखिएपछि राणाले यस्तो ‘एक्सन’ लिएको बताइन्छ।

राणाको यस्तो कदमको सर्वत्र समर्थन र प्रसंशा भैरहंदा सामाजिक संजालमा पनि राणाको प्रसंशा भैरहेको छ। राजनीतिक विषयमा आफ्नो धारणा फेसबुक मार्फत राख्न मनपराउने कलाकार दिपक राज गिरि पनि राणाको कदम प्रति खुसि देखिन्छन्।

बिहिबार फेसबुकमा अपडेट गरिएको स्ट्याटसमा उनी लेख्छन्,“देश राणाले बिगारे भनेर स्कूलमा पढेको थिए अब चाहि अदालत राणाले सुधारे भनेर पढ्न पाइएला जस्तो छ- शुभरात्री!!!

Leave a Reply