Wednesday, May 12, 2021
Home > समाचार > छोराले उपहार दिएको मोबाइलबाट लभ परेपछि ५० वर्षीया आमा २० वर्षे युवकसँग टाप

छोराले उपहार दिएको मोबाइलबाट लभ परेपछि ५० वर्षीया आमा २० वर्षे युवकसँग टाप

एजेन्सी। आमालाई दिएको उपहारले नै छोरा, छोरीलाई एक्ल्याउला भन्ने कसले पो सोचेको हुन्छ । तर यस्तै भएको छ । भारतको उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग दोस्रो बिबाह गर्न पुगिन् ।

बेमेल उमेरको बिबाह भएपछि सबैतिर चर्चाको बिषय बन्यो । कुरा खुल्दै जाँदा उनीहरुको फोनबाट गहिरो प्रेम बसेपछि बिबाह गरेको खुल्न आएको छ । उक्त प्रेम बसाउने मोबाईल छोराले उपहार दिएको र आमाले पहिलोपटक चलाएको खुल्न आएको हो ।ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ । तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल उपहार दिएका रहेछन् ।

छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन् । तिन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरुबीच प्रेम भयो ।

५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन् । गत सोमबार मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए ।पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो ।

५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ । ती युवक र महिलाको खोजी भैरहेको छ । तर फरार रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply