Friday, June 18, 2021
Home > प्रवास > घर फर्कन नपाएका बालकुमारले गरे साउदीमा झुन्डिएर आत्महत्या, गर्ववती श्रीमती र छोरीको यस्तो बिचल्ली

घर फर्कन नपाएका बालकुमारले गरे साउदीमा झुन्डिएर आत्महत्या, गर्ववती श्रीमती र छोरीको यस्तो बिचल्ली

एजेन्सी। वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालकुमार यादव रहेका छन् । साउदी अरबको जेद्धा स्थित इनिसियल साउदी गुरुप कम्पनीमा कार्यरत बालकुमार यादवले गत जनवरी ९ तारिखमा पासो लगाएर आफ्नै ज्यान लिएका हुन् ।

विगत ३० महिनादेखि उक्त कम्पनीमा कार्यरत यादव छुट्टि काटि ३ महिना पहिले मात्रै साउदि फर्केका थिए । घर फर्कन नपाएका कारण यादव निकै तनावग्रस्त यादबका घरमा बृद्ध बुबा–आमा, १ छोरी र गर्ववति श्रीमती छन् । घरको आर्थिक स्थिति नाजुक छ भने आयश्रोतको कुनै विकल्प समेत नभएका कारण परिवारको अवस्था निकै दयनीय हुने देखिन्छ ।

घरेलु समस्याका कारण नेपाल फर्कन चाहेको तर कम्पनीले ७ हजार साउदि रियाल जम्मा गर्नुपर्ने वा कम्पनीका कार्यरत दुई जना जमानत राख्नुपर्ने अड्डि कसेको थियोे । तत्कालै तोकिएको रकम जम्मा गर्न नसक्दा र जमानत बस्ने कुनै साथी नपाएका कै कारण मानसिक पीडा सहन नसकि आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!