Wednesday, May 12, 2021
Home > समाचार > दोलखामा भर्खरै जन्ती बोकेको बस दुर्घटना…३५ जनाको अवस्था यस्तो !

दोलखामा भर्खरै जन्ती बोकेको बस दुर्घटना…३५ जनाको अवस्था यस्तो !

दोलखा : जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिका-४ मालु योगीगाउँमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ६ जना गम्भीर छन्।बस दोलखाबाट सिन्धुली जिल्लाको ग्वालटारतर्फ जन्ती लिएर जाँदै थियो।

तामाकोसी गाउँपालिका-४ मालु फ्यातलका गोविन्द मिजारको विवाहको जन्ति लिएर गएको अरनिको यातायातको बा२ख ३७६० नम्बरको बस शुक्रबार बिहान साढे ४ बजेतिर योगीगाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

गम्भीर घाइते हुनेमा कालिका मावि हाँवाका पूर्व प्रधानाध्यापक कुमुदराज योगी, कुवेरप्रसाद पोखरेललगायत रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए।

प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी ग्रामीण स्वास्थ्य सेवा केन्द्र तामाकोसी गाउँपालिका-४, डाँडागाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याउँदै गरिएको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिए।

बेहुला सवार गाडी र स्थानीयको अन्य गाडीबाट समेत घाइतेको उद्धार भइरहेका कारण दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको निरीक्षक काफ्लेले जनाए।

ओरालोमा थप जन्ती पर्खिरहेको बस अघि बढ्ने क्रममा एक्कासी पछाडीतर्फ गुडेर करिब ३० मिटर तल गुल्टिएको प्रहरीले जनाएको छ। बेहुला र केही जन्ती भने सानो गाडीमा रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ।

Leave a Reply