Wednesday, June 16, 2021
Home > समाचार > चोभारमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्दै गरेका ३० जना पक्राउ

चोभारमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्दै गरेका ३० जना पक्राउ

काठमाडौँ – चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ स्थानियले प्रधानमन्त्री ओली माथि कालो झण्डा देखाएपछि ३० जना भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्नेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएकाहरुलाई परिसरको हिरासतमा राखिएको छ । बन्दरगाहबाट प्रभावित चोभारबासीले निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।स्थानीयबासीसँगको विवाद नसुल्झदै निर्णमा सुरु गरिएकोमा चोभारवासीले आपत्ति गरेका छन् । सुख्खा बन्दरगाहको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!