Friday, May 14, 2021
Home > समाचार > गरीब परीवारमाथी दैव दुस्मन भयो : २२ महिने बालिका तातो तेलमा परीन उपचार खर्च अभाव : सहयोग को याचना …सक्दो शेयर गरौ

गरीब परीवारमाथी दैव दुस्मन भयो : २२ महिने बालिका तातो तेलमा परीन उपचार खर्च अभाव : सहयोग को याचना …सक्दो शेयर गरौ

कालिका, माघ ३ । कालिका मिडियाले तातो तेलमा परि घाईते भएकी २२ महिने बालिकाको सहयोगको लागि हेल्प लाईन राखेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि कालिका मिडियाले बालिकाको उपचारको सहयोगका लागि हेल्पलाईन राखेको कालिका एफ.एमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले जानकारी दिनुभयो ।

गैडाकोट नगरपालिका भृकृटी चोकबस्ने कृष्ण पौडेलकी छोरीको माघ एक गते तातो तेलमा परि अनुहार पुरै भाग, दुवै हात र छातीमा जलेको थियो । तातो तेलमा परि जलेकी ती बालिकाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ ।

बालिकाकी बुबा आमा भृकुटी चोकमा ठेला पसल गरि बस्छन् । आर्थिक अवस्था कमजोर भएकाले उनलाई सहयोग गर्न घाइते बालिकाको परिवारले अपिल गरेका छन् । सहयोग गर्नका लागि कालिका मिडियाको कार्यालय वा ०५६५२७१५८ सम्र्पक गर्न सक्नुहुनेछ ।

Leave a Reply