Monday, May 10, 2021
Home > समाचार > भर्खरै आयो बहराईन बाट सबै नेपालीलाई रुवाउने खबर – परिवारका लागि सहयोगको अभियान

भर्खरै आयो बहराईन बाट सबै नेपालीलाई रुवाउने खबर – परिवारका लागि सहयोगको अभियान

काठमाडौं । झापा सिवसत्तासी नगरपालिका ११ घर भइ हाल बहराइनमा कार्यरत अरूण राउत क्षेत्रीको निधन भएको छ। क्षेत्रीले केही बर्ष डिसी नेपालका लागि बहराइन संवाददाता भएर काम गरेका थिए ।

बहराइनमा रोजगारीका लागि गएका क्षेत्री आफ्नै निवासमा मृत भेटिएका त्यहाँको दूतावास श्रोतले जानकारी दिएको छ।बहराइनमा उनी आफ्नो रोजगारीसँगै पत्रकारिता र सामाजिक काममा पनि सक्रिय थिए । कलाकारितामा समेत रूची भएका अरूण अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च बहराइनका पूर्व महासचिव हुन् ।

अरूणकी पत्नी पनि बहराइनमै कार्यरत छन् । बुवा-गोबिन्द राउत र आमा मुनादेबीका जेठा छोरा हुन्-अरूण ।पहिले कार्यरत कम्पनी अलसाहयाको काम छाडेर अरूणले केही महिना अघिदेखि आफ्नै आमाको नाममा मुनादेवी कोल्ड स्टोर खोलेका थिए ।

निम्न आर्थिक पारिवारिक अवस्थाका कारण उनी वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए । तर अल्पायुमै उनको निधन भएपछि परिवारमा बज्रपात परेको छ । परिवारको जेठो छोरा एवं मुख्य सहारा रहेका अरूणको अभावमा परिवारमा पीडा र भविष्यको अन्योलता थपिएको छ । दुःखको यो घडीमा उनको परिवारको राहत र सहयोगका लागि डिसी नेपालको पहलमा रकम संकलनको अभियान थालिएको छ । संकलित रकम अरूणको परिवारलाई हस्तान्तरण गरिनेछ । सहयोगी सबैको नामावली र रकम डिसी नेपाल अनलाइन र फेसबुकमार्फत जानकारी गराइनेछ ।

पूर्व सहकर्मीसमेत रहेका अरूणको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारलाई राहातस्वरूप डिसी नेपालले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गो फन्ड मि मार्फत उनको परिवारलाई डिसी नेपाललले एक हजार पाँच डलरको सहयोग गरेको छ ।अरूणको परिवारलाई सहयोग गर्न इच्छुक महानुभावहरूले गो फन्ड मि को यो लिंकमा गएर चाहेको रहकम सहयोग गर्न सक्नु हुनेछ ।

गो फन्ड लिंक – https://www.gofundme.com/help-arun-chetri039s-family-fund?fbclid=IwAR18J6lizqB9x4tpLZI4lplmxXxxHwaBjbOX0BZch0PzDxI7BgmmhYyZ5gw

‘तपाँइ हाम्रो सानो सहयोग पीडित परिवारको लागि ठूलो राहात हुनेछ’ -डिसी नेपाल परिवार ।

Leave a Reply