Tuesday, May 18, 2021
Home > भिडियो > कृष्ण वलिको हातखुट्टा जोडिने पक्का भयो । शिशिरले फेरी दिए- १० लाख सहयोग – भिडियो हेरेर शेयर गर्नुहोस

कृष्ण वलिको हातखुट्टा जोडिने पक्का भयो । शिशिरले फेरी दिए- १० लाख सहयोग – भिडियो हेरेर शेयर गर्नुहोस

काठमाडौं (शिशिर भण्डारी)- तपाईहरुको साथ र सहयोग अझै रहिरहे आफ्नो हात र खुट्टा जोडिने लगभग पक्का भईरहंदा कृष्ण वलिले मलाई भने -दाई, हात खुट्टा जोडिएपछि पहिला त तपाईको भिडियोमा सबैले देख्ने गरी नाच्छु । सबैको सहयोगले आफुले पाएको नयां जिन्दगीमा कृष्ण सामाजिक अभियन्ताको रुपमा उदाउन चाहन्छन् । आफ्नो जस्तो पिडा कसैले भोग्नु नपरोस..हात खुट्टा जोडिएपछि सबैलाई करेन्ट सम्बन्धी जनचेतना फैलाउन चाहन्छन् ।

नमस्कार म शिशिर भण्डारी । तपाईको माया र साथले दुई हप्ताअघि म एक्लोले चालेको कृष्ण वलि सहयोग अभियान अहिले बिश्वव्यापी बनिसक्यो । निकै नै गदगद छु । यो एकहप्ता कृष्णका लागि सहयोग जुटाएरै बिते । अन्य भिडियो युटुबमा अप्लोड गन सकिन त्यसको लागि माफी चाहन्छु ।


तपाई सबै देश तथा बिदेशबाट सहयोग गर्ने सबैले सय हजार गरी पठाउनु भएको सहयोग रकम लिएर फेरी पनि कृष्णको घर पुगें । यसपाली सहयोग रकम उठ्यो, ९ लाख ९० हजार १० रुपैंया, त्यसमा हाम्रो अघिल्लो भिडियोको ९ हजार ९ सय ९० हाम्रो तर्फबाट दिदै कृष्णका लागि १० लाख सहयोग रकम बुझाएं ।

कृष्ण वलिको पहिलो भिडियोको याद ताजै छ। रुपा धेरै रोएकी थिईन् । कृष्णले आफ्नो आंशु लुकाए भक्कानिएका थिए, अनि हजुरआमा पनि रुनु भएको थियो । तर हामी मिडियामा कोहि दुखी, पिडत र समस्यामा परेकाको सारथी बन्ने सके दुई हप्तामै यस्तो परिवर्तन आउने रहेछ । यो अर्को उदाहरण बन्यो अहिले कृष्णको परिवार सबैको साथले कृष्णको हात र खुट्टा जोडिनेमा ढुक्क छन् अनि खुशी छन् ।

कृष्ण रुपा र आमाको नछुने कुरा मात्रै हैन यो भिडियो भित्र रमाईली हजुरआमाको ढटेयौली कुरा पनि छन् ।यो भिडियोलाई पुरा हेर्नुहोला । हामीलाई हौसला दिन सबैले भिडियो लाईक गर्नुहोला । कृष्णको लागि अझै सहयोग रकमको खांचो छ, सक्नेले सहयोग गरौं, सक्नुहुन्न भिडियोलाई सबैले सेयर गरौं । सहयोगका लागि कृष्ण वलिको बैंक खाता नं हामीले स्क्रिनमा राखिदिएका छौं । मिडियामा मार्फत् सहयोग गर्न चाहनुहुन्छ भने मलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । आउनुहोस पुरा भिडियो हेरौं ।

Leave a Reply