Monday, May 10, 2021
Home > समाचार > भर्खरै आयो अत्यन्तै दुखद दुर्घटनाको खबर, बस दुर्घटना हुदा ७ को मिर्त्यु , ३१ को अवस्था यस्तो – तस्विर सहित

भर्खरै आयो अत्यन्तै दुखद दुर्घटनाको खबर, बस दुर्घटना हुदा ७ को मिर्त्यु , ३१ को अवस्था यस्तो – तस्विर सहित

गलकोट- म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्यु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।

Leave a Reply