Monday, May 10, 2021
Home > बिजनेस > एकाबिहानै धनगढीमा एउटा बैँक सम्बन्धि खबरले हंगामा, बैँकका सुरक्षा गार्ड हटाइए…

एकाबिहानै धनगढीमा एउटा बैँक सम्बन्धि खबरले हंगामा, बैँकका सुरक्षा गार्ड हटाइए…

गरुड सेक्योरिटी प्रालिबाट एनआइसी एशिया बैंकमा कार्यरत सुरक्षा गार्डहरु एकाएक निकालिएका छन् । गरुडका सुरक्षा गार्डलाई निकालेर बैंकमा लकेसा सेक्योरिटीका सुरक्षा गार्डलाई नियुक्ती गरिएको छ । १०÷१५ बर्षदेखि काम गर्दै आएका सुरक्षा गार्डहरुले पूर्वसूचना विना निकालिएपछि समस्यामा परेको गुनासो गरेका छन् ।

एनआइसी एशिया बैकंले श्रम ऐनको समेत उल्लघंन गरी बिना सुचना नयाँ सेकुरेटी प्रालीसित सम्झौता गरी पुरानालाई प्रहरी लगाएर हटाएको सेकुरेटी गार्डहरुले बताएका छन् । एनआइसी एशियाका धनगढी उपमहानगर क्षेत्रमा रहेका शाखामा कार्यरत ९ जना सुरक्षा गार्डलाई माघ १ गते बिहान ५ बजे बैंक छोड्न निर्देशन आएको उनिहरुले बताए । बिगतमा कम्पनी परिवर्तन भएपनि सेकुरेटी गार्ड पुरानै रहने गरेका थिए । तर यसपाली बैकंले नयाँ सेकुरेटी प्राली सित सम्झौता गरेपछि पुराना गार्डहरुलाई धम्की दिएर निकालिएको शेर बहादुर बिष्टले बताए ।

बषौँदेखी सेवा गर्दै आएका सुरक्षा गार्डलाई प्रहरी लगाएर निकालिएको भन्दै पिडित र सेकुरेटी संघले आपत्ती जनाएका छन् । उनिहरु न्याय माग्दै जिल्ला प्रसाशन कार्यालय पुगेका थिए । बैकंबाट पाउने सेवा सुबिधा कम्पनीले पाउने र न्युन तलबमा सुरक्षा गार्डले काम गरेपनि एकाएक निकाल्नु नियम बिपरित भएको सेकुरेटी संघ कैलालीका सदस्य दान बहादुर चन्दले बताए ।

बैकंबाट निकालिएपछि न्याय माग्न कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सेना कहाँ पुगेपनि उनले बैकं नछोडे चोरी मुद्धामा जेल हाल्ने धम्की दिएको चन्दले बताए । बिना सुचना बैकंबाट प्रहरी लगाएर निकालिनु र प्रहरी प्रमुखले दिएको धम्कीको संघले बिरोध गरेको छ । स्टेटसेभेन अनलाइन

Leave a Reply