Wednesday, February 24, 2021
Home > समाचार > भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने , यस्तो छ कार्यकम !

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने , यस्तो छ कार्यकम !

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको भ्रमणमा आउने भएका छन् । उनले नेपाल भ्रमणका क्रममा भगावन सीताको जन्मभूमि तथा भगवानको रामको ससुराली जनकपुर पुगेर त्यहाँको प्रसिद्ध जानकी मन्दिरको पनि दर्शन गर्ने भएका छन् ।नेपालसँगको बिग्रेको सम्बन्ध सुधाको प्रत्यनस्वरुप मोदीको नेपाल भ्रमण हुन लागेको समाचार हिन्दुस्तान टाइम्सले छापेको छ ।

मोदीको भ्रमणको नेपाली अधिकारीबाटै पुष्टि गर्दै हिन्दुस्तान टाइम्सले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि हुने जनाएको छ ।ओली दिल्ली पुगेर फर्केको डेढ महिनाको बीचमा मोदी नेपाल आउन लागेका हुन् । ओली यही अप्रिल ६ देखि ८ सम्म भारत भ्रमणबाट फर्किएका थिए ।

मोदी नेपाल आउने भएपछि नेपाली पक्षले उनलाई जनकपुर भ्रमण गराउने तयारी पनि थालेको छ । मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनी सन् २०१४ मा आउँदा अन्तिम समयमा जनकपुर जाने कार्यक्रम रोकिएको थियो ।

सन् २०१५ मा नेपालले संविधान जारी गरेपछि भारतीय पक्षले असन्तुष्टि जनाउँदै नेपाल ६ महिना नाकाबन्दी गरेको थियो । त्यसयता भारतले नेपालको संविधानको स्वागत पनि गरेको छैन ।

तर नेपालमा वाम गठबन्धनले बहुमतसहितको सरकार बनाएपछि मोदीले आफ्नो दूतकारुपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर सम्बन्ध सुधारको कोशिश गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री बनेर केपी ओली दोस्रो पटक दिल्ली पुगेका थिए । ओली दिल्ली पुगेका बेला मोदीले नेपालसँग आफू सहकार्य गर्न तयार रहेको बताउँदै नेपालको नयाँ सरकारलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *