Tuesday, May 18, 2021
Home > समाचार > भर्खरै गोंगबुमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भिर

भर्खरै गोंगबुमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भिर

काठमाडौं, २ माघ । काठमाडौंका गोंगबुस्थित एक ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढीका काजी तामाङ छन् ।

घटनामा थप ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट भएको हो ।

विस्फोटनमा परी गम्भिर घाइते भएका पाँच जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको बताइएको छ ।

Leave a Reply