Friday, May 14, 2021
Home > समाचार > सचिव माथि कुटपिट गर्ने प्रदेश २ का योजनामन्त्री यादवलाई बर्खास्त गर्न माग

सचिव माथि कुटपिट गर्ने प्रदेश २ का योजनामन्त्री यादवलाई बर्खास्त गर्न माग

जनकपुर, २ माघ । नेपाली कांग्रेस धनुषाले सचिव माथि कुटपिट गर्ने प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ । कांग्रेसले विज्ञप्ती जारी गरी मन्त्री यादवको क्रियाकलाप लोकतन्त्र र विधिको शासनविपरीत भएको उल्लेख गर्दै बर्खास्त गर्नुपर्ने माग राखेको हो ।

बुधबार प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य नवेन्द्रनाथ जोशी र धनुषाका सभापति महेशशंकर गिरीले यस्तो माग राखेका छन् । उनीहरुले कार्यकक्ष भित्रै सचिवलाई कुटपिट गर्नु अपराधिक कृयाकलाप भएकाले त्यस्ता मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बर्ता । उनीहरुले भने यस्तो कृयाकलापले समाजमा त्रास, सिर्जना गर्छ, । यस्तो मन्त्रीमाथि कारबाही हुनै पर्दछ ।’

कांग्रेस धनुषाका सभापति गिरीले कर्मचारीहरुले थालेको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको समेत जनाए । उनका अनुसार सोही विषयमा पार्टीको आधिकारिक धारणा बनाउन बुधबार जिल्ला कमिटीको बैठक बोलाइएको छ ।

नेकपाका प्रदेश इन्चार्ज तथा प्रदेश २ संसद्‍का वरिष्ठ नेता सत्यनारायण मण्डलले मन्त्री र सचिव बीचको झगडालाई ‘प्रदेशलाई बदनाम गराएको टिप्पणी गरे । प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । समितिको प्रतिवेदनपश्चात् पार्टीको आधिकारिक धारणा आउँछ ।’

Leave a Reply