Friday, May 14, 2021
Home > भिडियो > यस्तो बन्यो चर्चित नायिका स्वस्तिमा र मुकुनको ‘बुलबुल’को ट्रेलर (भिडियोसहित)

यस्तो बन्यो चर्चित नायिका स्वस्तिमा र मुकुनको ‘बुलबुल’को ट्रेलर (भिडियोसहित)

चर्चित नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ ।आगामी फागुन ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बुलबुल’ मंगलबार सार्वजनिक भएको हो । उक्त ट्रेलरमा स्वस्तिमा टेम्पो ड्राइभरको भुमिकामा छिन् ।यस फिल्ममा स्वस्तिमालाई फरक अवतारमा देखाइएको छ ।

स्वस्तिमा र मुकुनबाहेक फिल्ममा बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी र सृष्टि भट्टराईको मुख्य भूमिका छ ।‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । फिल्म ‘बुलबुल’का निर्देशक विनोद पोडेलहुन् भने अविरल थापाले यस फिल्मलाइ निर्माण गरेका हुन् ।

Leave a Reply