Friday, May 14, 2021
Home > समाज > आमाकै यस्तो दुखद् खबर : नाबालिका छोरीलाई विष खुवाएर आमाले किन यसो गरिन्?

आमाकै यस्तो दुखद् खबर : नाबालिका छोरीलाई विष खुवाएर आमाले किन यसो गरिन्?

धनुषा। धनुषामा विष सेवनबाट एक महिलाको मृत्यु भएको छ भने मृतक महिलाकी नाबालिका छोरी गम्भीर बिरामी भएकी छन् । जनकपुरधाममा उपमहानगरपालिका ४ का आमा र दुई वर्षीया छोरीले विष सेवन गरेका थिए । विष सेवनबाट आमाको मृत्यु भएको हो भने छोरीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

विष सेवनबाट जनकपुरधाम उप–महानगरपालिका ४ की २५ वर्षीया सीमा शर्माको मृत्यु भएको छ। यस्तै उनकी दुई वर्षीया छोरी गौरी मिश्रको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सोमबार राती सीमाले विष सेवन गरी छोरीलाई पनि विष सेवन गराएको शंका गरिएको छ । विष सेवनपश्चात् सीमाका श्रीमान समिर मिश्र र आफन्तले उपचार गराउन जानकी हेल्थ केयर लगे पनि त्यहाँ चिकित्सक नभएका कारण राम जानकी हस्पिटलमा लैजाने क्रममा सीमाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यता श्रीमति सीमाको मृत्युपश्चात श्रीमान समिर मिश्र फरार भएका छन् भने प्रहरीले सीमाकी सासु किरण मिश्रलाई पक्राउ गरेको छ। प्रहरीले कानुनी प्रक्रिया अपनाएर पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल राखेको जनाएको छ।

Leave a Reply