Wednesday, May 12, 2021
Home > समाचार > सावित्रीको नाममा एक युवकले लेखे सबैलाई चकित बनाउने यस्तो कडा खुल्ला पत्र

सावित्रीको नाममा एक युवकले लेखे सबैलाई चकित बनाउने यस्तो कडा खुल्ला पत्र

भाद्र २ गते काठमाडौंको माइतीघर मण्डलामा बलत्कारिलाइ फाँसी दे कार्यक्रम मा कालो पेटिकोट लगाएर न्याय माग्नेमा म पनि समाबेश थिए ( पूरा लेख पढ्नुहोला ) सबित्री जि भनौ या के भनौ अब ? उहाँ पनि समाबेश हुनुहुन्थ्यो तर उहाको र मैले न्याय माग्ने शैली फरक थियो ।

एउटा पुरुष भएर कालेपेटिकोट लगाउदै प्रदर्सन गर्नु मेरो रहर र चर्चा कमाउनको लागि थिएन तर अवस्था यस्तो आयो कि प्रत्येक दिन दुई देखि चार बालिका बलत्कारको सिकार हुन पुगे मैले सोचे के भन्लान मेरो आफन्त परिवार अनि साथीभाइले तर मैले आफ्नो निर्णय लाई सार्बजनिक गरेरै छाडे । आजसम्म पनि मेरो खिल्ली उडाउने धेरै छ्न म बुज्न सक्छु तर मैले त केबल मेरा आमा , दिदिबहिनीहरु पनि यसरी रातादिन बलत्कारको सिकार हुन नपरोस भनेर मात्र मैले प्रदर्सनमा सहभागीता जनाएको हु ।

मलाई थाहा थियो यो कार्यक्रम पश्चात मैले धेरै आलोचना गर्ने र प्रसम्सा गर्ने पात्र कमाउछु , प्रत्येक नागरिक स्वतन्त्र छ मेरो देश साङ्लो बिनाको कुकुर सरह भएको छ , “जे आउँछ त्यो मज्जाले पचाउछ” भने झै अवस्था छ , कोहि अगाडि बढोस या अगाडि बढेको मानिस पछाडि हटोस खुट्टा त तान्नै पर्छ भन्ने मान्यता बोकेका मानिस धेरै छ्न ( म तपाई नहुन सक्छौ तर अरु ) त्यस दिनको कार्यक्रममा गिरफ्तार म पनि परे तर म गिरफ्तार मा पर्नु को पनि कुनै गल्ती होला भनेर चुप बसे ।

जयनारी जयनारी भन्दै अभियान चलाउने सावित्री जि पनि गिरफ्तार बाट पछि पर्नु भएन किनकी कानुन त सबैलाई समान लाग्न परेन र ? करिब ३ घन्टा पछि रिहा गरियो तर अहिले त्यही जयनारी भन्दै अभियान चलाउने सावित्री जि ले धरातल बिर्सेर एक्कै चोटि आकाशमा पुग्न खोज्नु भएछ त्यसमा पनि कुनै कारण होला भित्री रहस्य केबल उहाँलाई मात्र अवगत होला तर यसरी खुलेआम रुपमा जे मुखमा आयो त्यही भन्न पाइने भए त किन मानवको परिचय दिनु ?? देशको निम्ती अभियान सन्चालन गर्ने ब्यक्तिले बिदेशमा हुने ब्यक्ति जो आफ्नो परिवारलाई दुईछाक खुवाउनको लागि आफू भोकै बस्छन उहाहरु जस्ता महान सोछ भएका ब्यक्तिलाइ साबित्री जि ले चट्ट्कै बिर्सनु भएछ ।

बिदेश पैसा कमाउन र आफ्नो परिवार पाल्न गएका मेरो दाइ दिदिबहिनी हरु बलत्कार गर्दै स्वदेशमा महान काम गर्ने ब्यक्तिलाई समर्थन गर्छन भन्दै माएकको छेउमा गएर चिच्याउनु भएछ तर बर्तमान समय प्रबिधि संग रमाउदैछ । तपाइले गरेका प्रत्येक काम बिश्वमा छरिएर रहेका सम्पुर्ण नागरिकले एक एक सेकेन्ड मा जानकारी पाउँछन् , भनिन्छ केही नगर्नु नै आलोचना बाट मुक्त हुने उपाय हो तर तपाइले त भयाङ्कर काम गरेर आफ्नो ठुलै नाम कमाउनु भएछ , केही बोल्नु अगाब मैले बोलेको वाक्यले के प्रभाव पार्छ भन्ने सोचेको भए यति छोटो समयमा आफ्नो परिचय गुमाउन पर्ने थिएन तर के गर्नु ” ईश्वरको चाहनाको अगाडि कस्को के नै लाग्छ र ” तपाइले बोलेरै छाड्नु भयो ।

गल्ती त म र म जस्ता कयौ नागरिक बाट भएको होला , कुनै दिन तपाइलाइ साथ दिने कयौ नेपाली थिए स्वदेश का पनि अनि बिदेशमा पनि तर माफ गर्नुस सावित्री जि म अब तपाईलाई साथ दिन सक्दिन , तपाइँको कारणले मेरो बिदेशमा हुने दाइको आखा बाट आँसु झरेको म कहाँ बिर्सन सक्छु र ? म तपाइलाइ साथ दिन नसकेपनी एउटा सन्देश दिन सक्छु यदि सकारात्मक लाग्छ भने मेरो सन्देश पालना गर्नुहोला ” धरातल बिर्सेर एक्कै चोटि आकाशमा पुग्ने प्रयास कदापी नगर्नुस “

Leave a Reply