Monday, May 10, 2021
Home > भिडियो > जन्मदै हातखुट्टा नचल्ने २१ वर्षीय दर्शनले यसरी सँसारलाइ नै चुनाैती दिइरहेका छन्… नाकले लेखेकाे भिडियो हेरेर शेयर गराैं

जन्मदै हातखुट्टा नचल्ने २१ वर्षीय दर्शनले यसरी सँसारलाइ नै चुनाैती दिइरहेका छन्… नाकले लेखेकाे भिडियो हेरेर शेयर गराैं

काठमाडौं, ३० पुष । आत्मवल बलियो भए संसार झुकाउन सकिन्छ भन्ने उदाहरण २१ वर्षका दर्शन केसीले चरितार्थ गरिदिएका छन् । जन्मजात अपाङ्ग दर्शन केसी बोल्न सक्दैनन् , उनको हातखुट्टा समेत चल्दैनन् । ह्वील चियरको सहारामा यताउता सर्छन । तर उनको दिमाग भने यति तक्ष्ण छ कि उनले नाकको टुप्पोले संसार चिहाइरहेका छन् । संसारलाई अचम्म बनाइरहेका छन् ।

उनको संसार नै हो उनको नाकको टुप्पो । नाकको टुप्पोले मोवाइल चलाउने, कम्प्युटरमा लेख्ने तथा आफुलाई भेट्न आउनेहरुसंग नाकको टुप्पोले लेखेर कुराकानी गर्छन ।

संसारलाई नाकको टुप्पोले कम्प्युटर चलाएर नियालीरहेका हुन्छन् । उनले नाकको टुप्पोले लखेर १२४ वटा कबिता तयार पारेका छन् । त्यो पनि अंग्रेजी भाषामा । काठमाडौं बानेश्वरको एउटा बन्द कोठाबाट उनले संसारलाई चुनौती दिएका छन् । भिडियोमा हेर्नुस उनले नाकको टुप्पोले कसरी लेख्छन् कबिता ।

भिडियोः

Leave a Reply