Monday, May 10, 2021
Home > समाचार > ‘भ्रष्टाचारीलाई मृत्युदण्ड दिने हो भने आर्यघाटमा दाहसँस्कार गर्ने ठाउँ पुग्दैन’

‘भ्रष्टाचारीलाई मृत्युदण्ड दिने हो भने आर्यघाटमा दाहसँस्कार गर्ने ठाउँ पुग्दैन’

काठमाडौ । काठमाडौ वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले भ्रष्टचारीहरुलाई फासी दिनुपर्ने बताएका छन् ।भट्टराईले देशमा भ्रष्टचार मौलाएको भन्दै अब भ्रष्टचारीलाई फासी दिनुपर्ने कानून आवश्यक भएको बताएका हुन् ।

वाइडबडी काण्ड देखी घर भएर पनि घरभाडा लिएर सांसदहरुले राज्य कोषको दुरुपयोग गर्ने कार्य बढीरहेका भन्दै उनले भ्रष्टचारलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

नेपालमा चीनमा जस्तै भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून ल्याउने हो भने नेपालका भ्रष्टचारीहरुलाई दहासँस्कार गर्न आर्यघाटमा ठाउँको अभाव हुने उनको भनाई छ ।राष्ष्ट्र द्रोहको आरोप लागेका सि के राउतलाई संरक्षण गर्ने कार्यले राष्ट्रियता संकटमा पर्ने धारण राख्दै नेपाली सेनाको भुमिका प्रति असन्तुष्टि जनाएका थिए ।

Leave a Reply