Tuesday, May 18, 2021
Home > स्वास्थ्य > इलामबाट आयो डाक्टर गोविन्द केसीकाे स्वास्थ्य सम्बन्धी दुःखद खबर

इलामबाट आयो डाक्टर गोविन्द केसीकाे स्वास्थ्य सम्बन्धी दुःखद खबर

काठमाडौं- इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या देखिन थालेपछि अस्पतालमा सारिएको छ। डा केसीलाई इलाम अस्पतालमा सारिएको हो।

इलामको सहरी विकासको भवनमा अनसनरत डा केसीलाई बिहान ढ बजे अस्पताल सारिएको हो।

डा केसीले आफू बिरामी नभएको र माग पुरा गर्न आग्रह गरेका छन्। अस्पताल जान डा केसीले असहमति जनाए पनि उनको खस्कँदै गएको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकहरुले जबरजस्ती अस्पताल लगेका हुन्।

डा केसी अनसनको आज छैठौ‌ दिन हो। डा केसीको मुटुको चालमा गडबड देखिएको छ भने छातिको संक्रमणले गाँज्दै लगेको डा रामकृष्ण आचार्यले बताए।

Leave a Reply