Friday, May 14, 2021
Home > प्रविधि > खुशीकाे खबरः चाैधरी फाउण्डेसनले नेपालमै पहिलो पटक यस्तो खुशी ल्यायो

खुशीकाे खबरः चाैधरी फाउण्डेसनले नेपालमै पहिलो पटक यस्तो खुशी ल्यायो

चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टा वितरण शुरू गरेको छ। दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाएका नागरिकहरू यसबाट लाभान्वित हुनेछन्।आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन्।उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी, भगवान महाविर विकलांग सहायता समितिका फाउण्डर डा डिआर मेहता, समितिका निर्देशक शतिस मेहता लगायतको उपस्थिति थियो।

चौधरी फाउण्डेसनले विएमभिएसएस सँगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ।दुवै ठाउँबाट ५०० व्यक्तिहरूका लागि कृतिम खुट्टा उपलब्ध गराउने योजना रहेको चौधरी फाउन्डेसनले जनाएको छ। यो सेवा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइनेछ ।कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशिल मानवीय सेवाको काम गरेको बताए।

यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारकोतर्फबाट आवस्यक सहयोग गर्ने वचन पनि उनले दिए।फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउँदै व्यवसायिक सफलताका लागि समाजबाट आफूले धेरै कुरा प्रा प्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताए।‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ। त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाका कामहरूलाई प्राथमिकतामा राखेको छु।

कृतिम खुट्टा उपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो।’अध्यक्ष चौधरीले नेपालमा स्थायी रूपमा कृतिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारसँग सहकार्यको प्रस्तावसमेत गरे।सरकारको साथ पाएमा आफूले दिगो रुपमा यो कार्यक्रम नेपालमा सञ्चालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उनले ब्यक्त गरे।एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता छ।‘खुट्टा गुमाएका व्यक्ति हिँडडुल गर्न नसक्ने मात्रै होइन। उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ।’

अध्यक्ष चौधरीले भने, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो।’नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृतिम खुट्टा पाउनु भनेको उसले नयाँ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानवसेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए।कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा। डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफू लाई गौरवको महसुस हुने बताए।जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो ।

Leave a Reply