Monday, May 10, 2021
Home > समाचार > भर्खरै आयो डा. केसीको अत्यन्तै दुखद खबर , केसीलाई जेल हाल्न माग – भिडियो सहित

भर्खरै आयो डा. केसीको अत्यन्तै दुखद खबर , केसीलाई जेल हाल्न माग – भिडियो सहित

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीले अनशनत डाक्टर गोविन्द केसीलाई भ्रष्टाचारीको संज्ञा दिएका छन् ।

उनले केसीलाई सरकारले तत्काल अनशनस्थलबाट पक्राउ गरि जेल हाल्नुपर्नेपनि बताएका छन् ।शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

अधिकारीले नेपाली कांग्रेसले विधिको शासन, कानुनी शासन मान्छ कि मान्दै अब प्रश्न उठ्ने बताए । अधिकारीले भनेका छन्,‘नेपाल सरकारको जागिरेले निर्मला पन्तको हत्यारा पत्ता लगाई पाउँ ? द्धन्द्धकालको समस्याहरु समाधान गरि पाउँ र माथेमा आयोगको कार्यदलमा रहेकै व्यक्तिलाई कारबाही गरि पाउँ भनेर आमरण अशन बस्नुहुन्छ ?’

तर, कार्यक्रममा सँगै रहेका कांग्रेस युवा प्रदीप पौडेलले भने उनको अभिव्यक्तिको प्रतिवाद गरेका थिए । केसीसँग नेपालका सरकारहरुले १५ औं पटकसम्म मसि चोपेर नै सम्झौता गरेको तर सम्झौता कार्यान्वयन नगरेको पौडेलको गुनासो छ । उनले भने,‘यसले नै देखाउँछ कि नेपालका सरकारहरु कत्ति अनुत्तरदायी छन् भनेर ?’

बाँकी यस भिडियो अन्तर्वार्तामा हेर्नुहोस:

Leave a Reply