Monday, May 10, 2021
Home > खेलकुद > बलियो टिमविरुद्ध सन्दीपको टिमको धमाकेदार शुरुआत – LIVE VIDEO

बलियो टिमविरुद्ध सन्दीपको टिमको धमाकेदार शुरुआत – LIVE VIDEO

काठमाडौं । नेपाली स्टार स्पीनर सन्दीप लामिछाने रहेको बंगलादेश प्रंीमियर लीग (बीपीएल)मा अहिले सन्दीपको टिम सिल्हेट सिक्सर र ढाका डाइनामाइटबीच खेल भइरहेको छ ।

डाइनामाइटले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । सिक्सरले पहिलो ओभरमा डाइनामाइटका विस्फोटक ब्याट्सम्यान हजरतुल्ला जजाईको विकेट प्राप्त गरेको छ ।अफगानी ब्याट्सम्यान जजाईलाई पाकिस्तानी बलर सोहेल तनभीरले क्याच आउट गराएका हुन् । डाइनामाइट बीपीएलको सबैभन्दा सफल टिम हो भने यो टिममा एकसे एक विस्फोटक ब्याट्सम्यान रहेका छन् ।

जारी लीगको अंक तालिकाको टपमा पनि डाइनामाइट रहेको छ।सन्दीपको टिमले जारी लीगमा एक खेल जितेको छ भने आफ्नो आज तेस्रो खेल खेलिरहेको छ ।

Leave a Reply