Wednesday, March 3, 2021
Home > समाचार > हट बलिउड अभिनेत्री यसरी बनिन् कुख्यात तस्कर

हट बलिउड अभिनेत्री यसरी बनिन् कुख्यात तस्कर

काठमाडौं । कुनै बेलाकी हट, सेक्सी र चर्चित बलिउड अभिनेत्री ममता कुलकर्णी शनिबारबाट ४५ वर्ष लागिन् । उनले बलिउडमा निक्कै चलेका फिल्म दिइन् । उनी सफल अभिनेत्री पनि मानिन्छिन् । तर हाल उनी भारत सरकारको फरार सूचीमा रहेकी छिन् । कारण, उनको अन्डरवल्र्ड कनेक्ससहित तस्करी हो ।ममतालाई उनका पति विक्की गोस्वामीसँग मिलेर २ हजार करोड भारतीय

रूपैंयाको तस्करी गरेको आरोप लागेको छ । यो दुई वर्ष अघि सन् २०१६ मा लागेको आरोप हो । भारतले उनी र पति गोस्वामीलाई भगौडा घोषणा गरिएको छ ।प्रहरीले उनका ८ वटा बैंक खाता पनि सिज गरेको छ । ७ वटा खातामा २६ लाख फेला पारेको प्रहरीले एउटामा भने ६७ लाख विदेशी मुद्रा फेला पारेको थियो ।

ममता र उनका पति गोस्वामीको भेट दुबईमा भएको थियो । गोस्वामी अन्तर्राष्ट्रिय लागु औषध सिन्डिकेटका मुख्य मध्येका एक पनि मानिन्छन् । ममता उसको प्रेममा परेपछि लागु औषध व्यावसायको जिम्मा लिन थालिन् ।

२०१४ मा केन्या प्रहरी र अमेरिकाको लागु औषध अनुसन्धान एजेन्सीले गोस्वामीलाई पक्राउ गरेको थियो । गोस्वामी दुबईको जेलमा भएका बेला ममताले विवाह गरेकी थिइन् । गोस्वामी जेलमा रहेका बेला सबै व्यावसाय ममताले सम्हाल्न थालिन् । गोस्वामीलाई दुबईमा आजिवन कारावास, २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

दुबईमा राम्रो व्यवाहार र धर्म परिवर्तन गरी कुरान पढेपछि सजाय माफ हुने गर्दछ । गोस्वामीले पनि मुस्लिम धर्म स्वीकारेर कुरान पढ्न थालेपछि उनको सजाय ५ वर्ष जेलमा मात्र सीमित हुन पुग्यो ।

दुवईको जेलमा नै दुवैको विवाह भएको थियो । ममताले पनि धर्म परिवर्तन गरी विवाह गरेकी थिइन् । दुवैको लागु औषध व्यापार यति फस्टायो की भारतको मुम्बईमा २ हजार करोड बराबरको लागु औषध प्रहरीले जफत गरेको थियो ।

२० अप्रिल १९७२ मा मुम्बइमा जन्मिएकी ममताले १९९२ मा रिलिज भएको तिरङ्गा फिल्ममा सामान्य भुमिका निर्वाह गरेकी थिइन् । १९९३ मा आएको आशिक आवारा ममताको पहिलो हिट फिल्म थियो ।

उनले शाहरूख र सलमान रहेको ‘करण–अर्जुन’, नानापाटेकरसँग क्रान्तिवीर, अक्षय कुमार र सुनिल सेट्ठीसँग ‘वख्त हमारा है’, आमिर खानसँग ‘बाजी’ जस्ता हिट फिल्ममा अभिनय गरेकी थिइन् । यति धेरै उचाईमा पुगेर पनि ममता बलिउडबाट गायब भइन् । –एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *