Monday, May 10, 2021
Home > समाचार > अन्ततः फिर्ता हुने भयो सुगौली सन्धिमा गुमेको नेपाली जमिन –भारतलाई टाउको दुखाई (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

अन्ततः फिर्ता हुने भयो सुगौली सन्धिमा गुमेको नेपाली जमिन –भारतलाई टाउको दुखाई (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाण्डौ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमिन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन सुरु गरेको छ ।पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोका अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक परिसरबाट सुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा देशभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने जानकारी दिनुभयो ।

पृष्ठभूमि: हाम्रा राजनीतिज्ञहरू र सरकारमा रहेका शासकहरूमध्ये अधिकांशलाई नेपालको ऐतिहासिक तथ्यप्रति समुचित चासो नभएको र कति जनालाई त नेपालको राजनैतिक इतिहासकै राम्रो जानकारी नभएको हुँदा नेपाल–भारत सीमा सम्बन्धमा उठेका प्रश्नमा जहिले पनि भारतीय हितले प्राथमिकता पाएको देखिएको छ । त्यसैले समस्त नेपालीले आफ्नो भूमिको साँध–सिमानाका विषयमा आधिकारिक जानकारी राख्नु अत्यन्त आवश्यक छ ।

नेपाल एकीकरणः इतिहासको उषाकालले के देखाउँछ भने नेपालको क्षेत्रफल विशाल थियो । मध्यकालीन विशाल नेपाल तत्कालीन राजाहरूको व्यक्तिगत सम्पत्ति सरह अंशवन्डा गरिँदै गएपछि आपसी झैझगडा समेतका कारण खण्डित हुँदै गएको प्रमाण पाइन्छ ।

पृथ्वीनारायण शाहले सर्वप्रथम राज्य राजाको व्यक्तिगत सम्पत्ति होइन र सार्वभौमसत्ता अविभाज्य हुन्छ भन्ने तथ्यलाई हृदयंगम गरे । सन् १७४२ मा २० वर्षको उमेरमा गोरखाको राजगद्दीमा विराजमान भएका पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण अभियान सुरु गरे । सन् १७४३ मा नुवाकोटमाथि गरिएको आक्रमण विफल भएपछि उनले दोस्रोपटक नुवाकोटमा आक्रमण गरी २६ सेप्टेम्बर १७४४ मा नुवाकोटमाथि विजय प्राप्त गरे ।

२८ मे १७५७ मा विजयादशमीको दिन पारेर गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण ग¥यो । बल्खु खोलाको किनारमा ६ घण्टासम्म भएको लडाइँमा ४०० गोर्खाली सैनिकसहित काजी कालु पाँडेको मृत्यु भयो । यसपछि पृथ्वीनारायण शाहले सैनिक व्यवस्था मिलाउने उद्देश्यले केही समयका लागि युद्ध रोके । यसै अवधिमा पृथ्वीनारायण शाहले आफ्ना भाइहरू महोद्दामकीर्ति शाह, दलजित शाह आदिको नेतृत्वमा मकवानपुरमा आक्रमण गर्न गोर्खाली सेना पठाए । गोर्खाली सैन्यले १७६२ अगस्त २१ मा कमवानपुरमा आक्रमण ग¥यो । त्यहाँका राजा दिग्बन्धन सेन हरिहरपुर गएका हुँदा ४ अक्टुबर १७६२ मा गोर्खाली सेनाले त्यहाँ पनि आक्रमण गरी हरिहरपुर विजय गरे ।

यसरी पराजित भएका दिग्बन्धन सेनले बंगालका नबाब मीरकासिमसँग सैनिक सहयोग मागी पुनः राज्य फिर्ता गर्ने योजना बनाए । परिणामस्वरुप २००० जति मुस्लिम सेनाले १२ जनवरी १७६३ मा मकवानपुरमाथि आक्रमण गरे । पृथ्वीनारायण शाहले वंशराज पाण्डे र केहरसिंहको नेतृत्वमा पठाएको गोर्खाली फौजसँग मुस्लिम सेनाको केही जोड चलेन । १७०० जति मीरकासिमका सेना मारिए । दिग्बन्धन सेन गोर्खामा नजरबन्द भए र पहाडी भूभागमा राज्यविस्तार गर्ने मीरकासिमको आकांक्षा धूलिसात भयो ।

यसैबीच गोर्खामा चौबिसी राज्यहरूको दोस्रो आक्रमण भयो तर गोर्खाली सेनाको अगाडि उनीहरूको केही लागेन । यसपछि गोर्खाली सेनाले १७६४ सेप्टेम्बर १६ मा कीर्तिपुरमा दोस्रो पटक आक्रमण ग¥यो तर यसपटक पनि कीर्तिपुरले गोर्खालाई पराजयको तीतो स्वाद चखाइदियो । यसरी दुई पटकसम्म असफल भएका पृथ्वीनारायण शाहले विशेष तयारीका साथ कीर्तिपुरमाथि तेस्रो पटक आक्रमण गरे । १२ मार्च १७६६ को मध्यरातमा गोर्खाली सेनाले कीर्तिपुरमाथि आफ्नो कब्जा जमायो ।

कीर्तिपुर हात पारेपछि गोर्खाको आँखा कान्तिपुरमाथि प¥यो । गोर्खाको प्रचण्ड शक्तिसँग जुध्ने साहस कान्तिपुरका जयप्रकाश मल्ल एक्लैले गर्न सकेनन् र उनले १७६७ मा कम्पनी सरकारसँग सहयोग मागे । कम्पनी सरकारले किनलकको नेतृत्वमा २४०० सेना पठायो । त्यो सेनालाई पृथ्वीनारायण शाहको सेनाले सिन्धुलीगढीको पौवागढीमा नराम्रोसँग हरायो । अब पृथ्वीनारायण शाहको ध्यान काठमाडौंमाथि केन्द्रित भयो । उनले जयप्रकाश मल्लकहाँ आफ्ना दूतहरू पठाई ‘आत्मसमर्पण गर्नुहोस्’ भन्ने सन्देश पठाए तर जयप्रकाश मल्ल त्यति सजिलै राज्य छोेड्ने चाल नदेखाएका हुँदा २६ सेप्टेम्बर १७६८ को मध्यरातमा गोर्खाली सेनाले कान्तिपुरमाथि आक्रमण ग¥यो । जयप्रकाश मल्ल भागेर ललितपुरमा शरण लिन पुगे ।

पृथ्वीनारायण शाह सोही रात कान्तिपुरको राजसिंहासनमा विराजमान भए । यता ललितपुरका काजीहरू पृथ्वीनारायण शाहसमक्ष आत्मसमर्पण गर्न राजी भएपछि जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भागेर भक्तपुरमा शरण लिन पुगे । बिना रक्तपात गोर्खाली सैन्यले ६ अक्टुबर १७६९ का दिन ललितपुर कब्जा ग¥यो । ललितपुर विजयपछि पृथ्वीनारायण शाहको ध्यान भक्तपुरमाथि प¥यो । उनले पहिले रणजित मल्लसँग फिर्ता गर्न आग्रह गरे तर रणजित मल्ल यसमा सहमत नभएपछि एक वर्षसम्म यो कुरा त्यत्तिकै रह्यो । त्यसपछि ९ नोभेम्बर १७६९ मा १५०० जति गोर्खाली सैनिक भक्तपुरको प्रवेशद्धार भत्काई सहरभित्र पसे ।

दुबै पक्षबीच १३ नोभेम्बरसम्म घमासान लडाइँ भयो । जयप्रकाश मल्लको दाहिने खुट्टाको गोलीगाँठामा गोरखाली पक्षले हानेको गोली लाग्यो र ११ नोभेम्बरका दिन रणजित मल्लका आठ पहरियाको पनि मृत्यु भयो । यस लडाइँमा ठूलो सँख्यामा भक्तपुरको सेनाको विनाश भएको र साधारण जनताको पनि ज्यान गएको हुँदा १३ नोभेम्बरका दिन रणजित मल्लले आफ्नो पगरी फुकाई झ्यालबाहिर झुन्ड्याई आत्मसमर्पण गरे । यसरी भक्तपुर पनि गोर्खामा एकीकृत भयो ।

काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाह पश्चिम विजयको अभियानमा लागे तर उनी सफल भएनन् । अनि उनी फेरि पूर्वी अभियानमा लागे । यस क्रममा उनले किराँतप्रदेश (चौदन्डी र विजयपुर) मा सैनिक अभियान चलाए । सन् १७७३ को सुरुमा माझ किराँतमाथि गोर्खालीको आधिपत्य कायम भयो । १७ जुलाई १७७४ मा गोर्खाली सेनाले विजयपुरमा आक्रमण गरेपछि त्यहाँका राजा कर्णसेन र मन्त्री बुद्धिकर्ण भागेर सिक्किम गए । इलामका विषयमा सिक्किमका राजासँग कुराकानी गरेपछि इलाम पनि गोर्खामा गाभियो र सन् १७७४ को अन्ततिर गोरखाली सेना दार्जीलिङभित्र प्रवेश ग¥यो । यसरी गोर्खाको सिमाना पूर्वमा दार्जिलिङसम्म पुग्यो । यसबीच देवघाटमा १० जनवरी १७७५ को रातमा पृथ्वीनारायण शाहको मृत्यु भयो ।

पृथ्वीनारायण शाह गद्दीमा आसीन हुँदा गोर्खाको सिमाना उत्तरमा हिमालय, दक्षिणमा सेती नदी, पूर्वमा त्रिशुली एवं पश्चिममा माथितिर चेपे र तलतिर मस्र्याङ्दी थियो । उनको आर्जनमा यो राज्य विस्तारित हुँदै उनको अवसानको अवधिसम्म उत्तरमा रसुवागढी, दक्षिणमा मोरङ हनुमाननगर, पूर्वमा दार्जीलिङ र पश्चिममा मस्र्याङ्दी र चेपेसम्म पुगेको थियो ।

पृथ्वीनारायण शाहको अवसानपछि उनका छोरा प्रतापसिंह शाह नेपालको राजगद्दीमा बसे । यसपछि राजदरबारमा षड्यन्त्र सुरु हुन थाल्यो । १३ दिनको आशौचभित्रै प्रतापसिंह शाहले भाइ बहादुर शाह र काका दलजित शाहलाई नजरबन्द गर्नु यसको उदाहरण हो । जब बहादुर शाहलाई नेपाल एकीकरण अभियान अगाडि बढाउने सल्लाह दिए तनहुँ अन्तर्गतको चितवनको तराई क्षेत्रबाट अंग्रेजहरू अगाडि बढ्ने सम्भावनालाई दृष्टिगत गरी बहादुर शाहको सल्लाह मुताविक प्रतापसिंह शाहले चितवनमाथि आक्रमण गर्न अभिमानसिंह बस्न्यातलाई आदेश दिए । स्वरुपसिंह कार्कीको नेतृत्वमा गएको सैन्यदलले १४ जुलाई १७७७ मा कविलासपुर र ६ अगस्तमा चुरेपहाडको सोमेश्वरगढी विजय ग¥यो र चितवन गोर्खामा गाभियो तर अल्पायुमै प्रतापसिंह शाहको अक्टुबर १७७७ र्इं मा देवघाटमा मृत्यु भयो ।

प्रतापसिंह शाहको मृत्यु हुँदा उनका छोरा रणबहादुर शाह केवल तीन वर्षका थिए । दाजुको मृत्युको खबर सुनेपछि बहादुर शाह काठमाडौं फर्किए । अनि आफ्ना भतिजा बालक रणबहादुर शाहलाई राजगद्दीमा राखेर आफू उनका नायब भई राजकाज गर्न थाले ।

आफ्ना देवर बहादुर शाहले आफ्नो हक खोसेको टुलुटुलु हेरिरहने स्वभाव रणबहादुर शाहकी आमा राजेन्द्र लक्ष्मीको थिएन । उनले मौका पाउनासाथ बहादुर शाहलाई कैद गरी आफैं नायब भई शासन चलाउन थालिन् । राजगुरु गजराज मिश्रको प्रयासले थुनाबाट मक्त हुनासाथै राजेन्द्रलक्ष्मीलाई कैद गरी बहादुर शाहले रणबहादुर शाहको नायबी पुनः सम्हाले तर राजेन्द्रलक्ष्मी चाँडै नै बहादुर शाहको कैदबाट मक्त भएकीले बहादुर शाह अब आफ्नो केही नलाग्ने देखेर पुनः बेतिया हुँदै पटना गई बस्न थाले ।

देवर भाउजूबीचको यस वैमनस्यताको फाइदा हरकुमारदत्त सेनले उठाए । उनले पर्वत र पाल्पाको सहायताले तनहुँको पहाडी भागमा पुनः अधिकार जमाए । यसले गर्दा चौबिसी राजाहरूको साहस बढेर गयो । पर्वत, लमजुङ, तनहुँ आदि चौबिसी राजाहरूको साहस बढेर गयो । पर्वत, लमजुङ, तनहुँ आदि चौबिसी राजाहरू एक गठ भई उनीहरूले संयुक्त रुपमा सन् १७८१ को डिसेम्बरमा गोरखामाथि आक्रमण गरे । चेपेपारि चिप्लेटीमा भएको यस युद्धमा अमरसिंह थापाले चौबिसीहरूलाई हराए । यसपछि सिह«ानचोकमा पुगेको चौबिसी फौज त्यहाँ पनि अमरसिंहसँग परास्त भयो । यो पराजयको बदला लिँदै चौबिसी फौजले कास्कीमाथि अधिकार जमायो । यसैबीच अमरसिंह थापा र पर्वत तथा लमजुङको संयुक्त शक्तिबीच तार्कुघाटमा रणसंग्राम मच्चियो ।

Leave a Reply