Monday, May 10, 2021
Home > समाचार > भर्खरै विराटनगरबाट अायो दुःखद खबर विस्फोट परेर एक बालकको मृत्यु

भर्खरै विराटनगरबाट अायो दुःखद खबर विस्फोट परेर एक बालकको मृत्यु

विराटनगर- विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् ।

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय अनिल मण्डलका अनुसार खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको हो । प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको बताएको छ। विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply