Saturday, February 22, 2020
Home > समाचार > प्रहरी हिरासतमा रहेकि गायिका आस्था राउत एकाएक विरामी परेपछि…

प्रहरी हिरासतमा रहेकि गायिका आस्था राउत एकाएक विरामी परेपछि…

काठमाडौँ- अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी छन्।बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको जनाएको छ। उनलाई सोमबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको प्रहरीले जनाएको हो । सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा राख्न अनुमति दिएको थियो। उनलाई टाउको दुख्ने,थकाइ लाग्ने र ज्वरो समेत आउन थालेपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था सोमबार आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।प्रहरीसँग आत्मसमर्पण गरे पनि उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । त्यो संगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

केही दिन अगाडि आस्था र प्रहरीबिचको सीसी केमेरा फुटेजले निकै चर्चा पाएको थियो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीले आफूलाई दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् । प्रहरी जवान रमिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।उनलाई सम्झाउँदै कलाकार दिपकराज गिरीले समेत भावुक भएर स्टटस लेखेका छन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको भएपनि उनको पारिवार भने उजुरीकर्ता महिलासँगको सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयासमा थियो ।

उजुरीकर्ता प्रहरी जवानले उजुरी फिर्ता लिन अस्वीकार गरेपछि गायिका राउतले आफू कानूनअनुसारको कारबाही भोग्नका लागि तयार भएको प्रतिक्रिया दिएकी थिइन् ।राउत सोमबार बिहान नै प्रहरीको सम्पर्कमा आए पनि प्रहरीले भने अपराह्नतिर मात्रै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!